Madhes Khabar
राष्ट्रिय

भरतपुर महानगरको मतगणना रोकियो


मधेस खबर
वीरगन्ज, ०१ जेठ : चितवनको भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । नेकपा एमालेका प्रतिनिधिहरुले अवरोध गरेपछि अपरान्ह ३ बजे देखि मतगणना रोकिएको हो। मतपत्र बदर र सदर गर्ने विषयमा विवाद भएको बताइएको छ।
’मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले सुरुमा मत सदर भन्नुभयो। एकैछिनमा बदर भन्नुभयो। यो षडन्यन्त्र हो,’ एमाले प्रतिनिधिहरुले आरोप लगाए।
पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल प्रतिद्वन्द्वीभन्दा ८० मतले अगाडि छिन्।४ हजार ८७७ मत गणना हुँदा दाहालले १७ सय २७ मत प्राप्त गरेकी छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १६ सय ४७ मत प्राप्त गरेका छन्।
साभार :अन्नपूर्णपोष्ट । तस्वीर : अनिल ढकाल

Related posts

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा गर्ने सरकारको निर्णय

MadhesKhabar

भूकम्पले बाजुरा र बझाङमा घरहरू भत्किए

MadhesKhabar

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा

MadhesKhabar

Leave a Comment