Madhes Khabar
Uncategorized

वीरगन्ज महानगरको मेयरमा रोचक प्रतिस्पर्धा

मेयरका तीन उम्मेदवारहरु : विजय सरावगी , गिरिश गिरी र राजेशमान सिंह

मधेसखबर
वीरगन्ज,२७ बैशाख :
मधेस प्रदेशको एक मात्र महानगर वीरगन्जमा यसपालिको स्थानीय तहको निर्वाचनमा रोचक प्रतीस्पर्धा हुने देखिदैछ । वीरगन्ज महानगरपालिकाको मेयरमा पदका लागि मात्रै निवर्तमान मेयर र २३ जना स्वतन्त्र सहित ३० जनाले उम्मेदवारी दिएका छन् । उपमेयरका लागि १० जनाको प्रतिस्पर्धा छ । तर उम्मेदवारी संख्या जति बढी देखिएपनि नेकपा एमालेबाट उम्मेदवार बनेका निर्वतमान मेयर विजय कुमार सरावगी , सत्तागठबन्धनबाट उम्मेदवारी दिएका जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिँह र राप्रपाबाट उम्मेदवारी दिएका पत्रकार गिरीश गिरी बिच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको राजनीतीक विश्लेषकहरु बताउँछन् ।
ती तीन मध्ये पनि कडा प्रतिस्पर्धा सरावगी र सिंह बिच नै हुने अनुमान गरिएको छ ।२०७४ को निर्वाचनमा पनि मेयरमा प्रतिस्पर्धा गरिसकेका सरावगी र सिँह दुवै जना यसपाली भने दल परिवर्तन गरेर चुनावी मैदानमा छन् । तत्काली संघीय समाजवादी फोरमबाट राजनीतिक यात्रा थालेर त्यहि दलबाट २०७४ को निर्वाचनमा मेयरमा जितेका सरावगी अहिले भने एमालेका उम्मेदवार हुन् ।
२०७४ को निर्वाचनमा मेयरमा सरावगी विजयी हुँदा तत्कालीन राजपाबाट प्रतिष्पर्धा गरेर सम्मानजनक मतका साथ तेश्रो स्थानमा रहेका सिंहले पनि दल परिवर्त गरि अहिले जसपाको बिडो थामेर चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।
स्थानीय तहको चुनावमा वीरगन्जको मेयरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोससपा) संग चुनावी तालमेल गरेको एमाले र सत्तारूढ गठबन्धनको एकघटक जसपा बीच नै मुख्य प्रतिस्पर्धा हुने भनिएपनि राप्रपाका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका पत्रकार गिरीशले स्थानीय चुनावको अंकगणितमा उथलपुथल ल्याइदिएको चर्चा सर्वत्र छ ।
वीरगन्जमा अहिले नेताहरूको दल अदलबदल र नयाँ उम्मेदवारीले पुरै समीकरण नै फेरिएको विश्लेषकहरु बताउँछन् । तर जेसुकै पृष्ठभूमि र समीकरणमा टिकट पाए पनि मेयरका उम्मेदवारहरुका आ–आफ्ना तर्क छन् ।
एमालेका मेयर उम्मेदवार विजय सरावगी भन्छन्


वीरगंजलाई जहिले पनि हेपीएको छ । यहीबाट उठ्ने राजश्ज अन्य जिल्लाको विकासमा खर्च गर्न सक्ने तर वीरगंजलाई वास्ता नगर्ने तथा देशको कुल राजश्वको ४० प्रतिशत राजश्व वीरगन्जबाटै उठ्छ तर यहिको विकास हुदैन । मधेस प्रदेशको मात्र नभइ देशका ठूला शहर मध्ये एक वीरगन्ज हो तर वीरगंजलाई जहिले पनि तल्लो नजरले हेर्ने गरेका छन् । पाँच वर्षको कार्यकालमा केही लक्ष्य पुरा भएको तर अझ धेरै लक्ष्य पुरा गर्दै विकासको लहर ल्याउन बाँकी रहेकोले अब त्यो पनि पुरा गर्ने तर्फ अग्रसर रहेको छु ।


जसपाका मेयर उम्मेदवार राजेशमान सिँह भन्छन्


विकास गर्न तथा भ्रष्टाचार रोक्न आफ्नो उम्मेदवारी दिएको छु । कर कम गर्नुपर्ने , वीरगंजको विकास गर्नुपर्ने ,फोहोर संकलनलाई व्यवस्थित गर्नुपर्ने , शिक्षा र स्वास्थ्यमा सुधार ल्याउने तथा लामखुट्टे नियन्त्रण लगायतका विषयहरु मेरो मुख्य प्राथमिकतामा रहेको छ ।


राप्रपका मेयर उम्मेदवार गिरीश गिरी भन्छन्


आफना बुबा स्वर्गीय गोपाल गिरीका अधुरा सपनाहरु पुरा गर्न मेयरमा चुनाव लड्न लागेको छु । आफना पुर्वजहरुको बलिदानी र सपना पुरा गर्न चुनावी मैदानमा आफु उत्रिएको छु र वीरगन्जको शिक्षा क्षेत्रमा समाजवाद ल्याउने लक्ष्य लिएको छु । वीरगन्ज चानचुने शहर नभइ काठमाण्डौ पछिको सबै भन्दा पुरानो इतिहास बोकेको शहर भएको तर वीरगन्जमा भौतिक पुर्वाधारको विकास लथालिङ भएको , इतिहास बोकेका यहाका शिक्षण संस्थाहरु धराशायी बन्दै गएकोले यीनै कामहरु मेरो मुख्य प्राथमिकतामा रहन्छन् ।
चुनावी घोषणापत्रमा छैन मतदाताको रुची
२०७४ साहलमा वीरगंजको कुल जनसंख्या १,०८,४९८ थियो भने हाल २०७९ मा आएर १,२४,६४७ जनसंख्या रहेको छ । विभिन्न उम्मेदवारले थरी थरीका चुनावी घोषणा पत्र सार्वजनिक गरिएपनि जनतालाई भने कागलाई बेल पाक्यो हर्ष न विस्मातको अनुभुती हुन थालेको बताउँछन् ।
चुनावबारे वीरगंजका एक सर्वसाधारण ७० वर्षीय रामेश्वर प्रसाद अहिले चुनाव धेरै भनेको विकास भन्दा पनि पैसाको लागि भईरहेको बताउँछन् । न त उम्मेदवारले , न जनताले नै विकास चाहने गरेको जस्तो अनुभुत हुने गरेको उनको भनाई छ ।
अर्का सर्वसाधारण सुमित्रा पासवान चुनाव आउँछ जान्छ तर गरिब विपन्न परिवारलाई कसैले नहेर्ने गरेकोले यसपालि सबै मध्ये पनि काम गर्ने उम्मेदवारलाई मत दिने तैयारीमा आफु र आफ्नो समुदाय रहेको बताउँछिन् ।
स्थानीय निर्वाचनका लागि उम्मेदवार मनोनयनका मुखमै भएका यी गतिविधिले वीरगन्जमा चुनाव सहज र स्वाभाविक हुँदैन कि भन्ने चिन्ता बढाएको छ । उम्मेदवारहरू तडक भडक पूर्ण खर्चिलो चुनावी प्रचारमा जुटिसकेका छन् । त्यसेले यसपालि फेरी पनि चुनावमा ‘मत, मनी र मसल’को संयोजन देखीने हो की भन्ने विश्लेषकहरुले तर्क गर्न थालेका छन् ।
वीरगन्जका राजनीतिक विश्लेषक के भन्छन् ?
स्थानीय राजनीतिमाथि नजर राख्ने विश्लेषक र प्राध्यापक पनि एजेन्डामा नभई पैसाको बलमा चुनाव लड्न थालिएको बताउँछन् राजनीतीक विश्लेषक हरेराम ठाकुर । पैसा नभई निर्वाचन जित्न नसकिने भएकाले पार्टीहरूले पैसावालालाई दलमा भित्र्याउन र टिकट दिन थालेपछि राजनीतीक संस्कारमा धक्का पुग्ने गरेको उनको भनाई छ ।
अर्का राजनीतिक विश्लेषक एवं वरीष्ठ अधिवक्ता वीरेन्द्र यादवले अहिले वीरगन्जका जनता सस्तो लोकप्रियताको पक्षमा भन्दा पनि विकास गर्न सक्ने जनप्रतिनिधिलाई मत दिने वा कस्तालाई मत दिने बारे जनता हाल सचेत भएकोले नसोचेको परिणाम आउन सक्ने पनि उनको भनाइ छ ।
हाल वीगरंजमा उम्मेदवारले मतदाता फकाउन विहानदेखी अबेर रातीसम्म घरदैलो अभियानमा जुटेका छन् । चुनावी सरगर्मी जोडतोडका साथै बढेको छ । यसपालिको चुनावमा निक्कै रोचक प्रतीस्पर्धा देखीने तर्क यहाका राजनीतिक पण्ण्डितहरुले गरिरहेका छन् ।

Related posts

आईपीएलमा बेङ्गलुरुकाे विजयी सुरुवात

MadhesKhabar

एका बिहानै सडकमा झाडु लगाउदै मेयर राजेशमान (फोटो फिचर )

MadhesKhabar

स्व. नरेश सर्राफको दोस्रो स्मृति सभा मंसिर १५ मा गर्ने समाजवादी प्रेस संगठनको निर्णय

MadhesKhabar

Leave a Comment