
मधेस खबर
वीरगन्ज, १९ बैशाख :वीरगन्ज महानगरमा सत्तागठबन्धनका साझा उम्मेदवार (मेयर र उपमेयर) लाइ जिताउन जनता समाजवादी पार्टी (जसपा) मा आबद्ध महिला नेताहरुले चुनावी प
चार प्रसार अभियानलाइ तिब्र बनाएका छन् ।
वीरगन्ज महानगरमा गठबन्धनका तर्फबाट मेयरमा जसपाका राजेशमान सिंह र उपमेयरमा काँग्रेसका इम्तियाज आलम उम्मेदवार छन् । महानगरका ३२ वटै वडामा भने गठबन्धनका दलहरुले चुनावी तालमेल नगरि वडा अध्यक्ष सहितका पदमा आ आफना उम्मेदवार उठाएका छन् ।
जसपामा आबद्ध महिला नेताहरुले मेयर र उपमेयरका साँझा उम्मेदवारलाइ जिताउन महानगरका ३२ वटै वडामा चुनावी घरदैलो , मतदातासंग छलफल र भेटघाट गर्दै मत माग्दै आएका छन् ।
त्यसैलाइ निरन्तरता दिदै सोमबार पनि जसपाका महिला नेताहरुको टोलीले वडा नम्बर २९ बसडिल्वामा चुनावी घरदैलो गरेका हुन् ।
चुनावी घरदैलोका क्रममा हरेक घर घरमा पुगेर महिला मतदातासंग भेटेर उनिहरुको समस्या र पिडा सुन्ने गरिएको जसपा निकट समाजवादी महिला संघ मधेश प्रदेशकी उपाध्यक्ष पिंकी यादवले बताइन् ।
जसपाले नै मधेशी समुदायका महिलालाई अधिकारको प्रत्याभुती दिलाउने र महिलालाई आत्मनिर्भर बनाएर आयआर्जनका स्रोतको सृजना गर्ने कुरा महिला मतदाताहरुलाइ बुझाउदै मत माग्ने गरिएको यादवले बताइन् ।
चुनावी घरदैलोका क्रममा गठबन्धनका उम्मेदवारहरु प्रति महिलाहरुको पनि जनलहर बढ्दै गएको अवस्था पाइएकोले आफुहरु थप उत्साहित बनेको जसपा महिला नेतृ अन्नपूर्णा मानन्धरले बताइन् ।