Madhes Khabar
Uncategorized

मोटरसाइकलको ठक्करबाट घाइते भएका बृद्धको उपचारका क्रममा मृत्यु

माधुरी महत्तो
वीरगन्ज, १८ बैशाख ः बाराको सिमरामा गत सोमबार भएको सवारी दुर्घटनामा गम्भिर घाइते भएका एक वृद्धको उपचारका क्रममा शनिबार मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३ सिमराका ७० वर्षिय विन्देश्वर महत्तो रहेका छन् ।
गत सोमबार सिमरा स्थित इच्छा होटल जाने बाटोको चोकमा सिमराबाट जितपुर तर्फ जादै गरेको ना.२.त.१७९७ नम्बरको ट्याक्टर, ना.५२.१७११ नम्बरको मोटरसाइकलमा ठोक्किएपछि उक्त मोटरसाइकलले पैदलयात्री महत्तोलाइ ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट टाउकोमा गम्भिर चोट लागेका महत्तोलाइ शुरुमा सिमराको अल्पाईन अस्पतालमा उपचार गरि थप उपचारको लागी वीरगन्ज स्थित स्पर्श मल्टिस्पेशीलिटी हस्पिटलमा ल्याएर भर्ना गरिएको थियो । त्यहि अस्पतालमा उपचारका क्रममा शनिबार अपरान्ह ३ बजे महत्तोको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सोमबारको दुर्घटनामा मोटरसाइकल चालक जितपुर सिमरा ३ का ३४ वर्षिय राजन भण्डारी र उनकी पत्नि २९ वर्षिय सम्झना पाण्डे सामान्य घाइते भएका थिए ।

Related posts

उम्मेद्वारी (मनोनयन) दर्ताका लागि चाहिने आवश्यक कागजातहरु

MadhesKhabar

स्व. नरेश सर्राफको दोस्रो स्मृति सभा मंसिर १५ मा गर्ने समाजवादी प्रेस संगठनको निर्णय

MadhesKhabar

खडेरी पिडित मधेसका किसानलाई राहत दिन मन्त्री क्षेत्रीको अग्रसरता:ट्युबवेलका लागि आवेदन माग

MadhesKhabar

Leave a Comment