Madhes Khabar
Uncategorized

अभियन्ता सरार्फको पहलमा ॐ शान्ति जैसवाल ट्रेडर्स द्वारा नारायणी अस्पताललाई सहयोग ।

श्याम सर्राफ

बीरगन्ज, १७ जेष्ठ
सामाजिक अभियन्ता ओम प्रकाश सरार्फको पहलमा ॐ शान्ति जैसवाल ट्रेडर्सले अस्पतालमा प्रयोग हुने बेड नारायणी अस्पताल लाई आज एक कार्यक्रम गरी सहयोग गरेको छ।

बिकट परिस्थितिमा सामाजिक उत्तरदायित्व पुरा गर्दै  ट्रेडर्सले १० थान फलामे बेड अस्पताललाई हस्तान्तरण गरेको जनाइएको छ ।

वीरगंजका नगरप्रमुख विजय कुमार सरावगीको बिशेष उपस्थितीमा सोमबार एक कार्यक्रमका बीच ट्रेडर्सका धिरेन्द्र चौधरीले ( जैसवाल) सो बेड नारायणी अस्पतालका मेसु डाक्टर बिरेन्द्र प्रधानलाई हस्तनान्तरण गरेका हुन् ।

आवश्यक पर्ने ती सामान ग्रहण गर्दै डाक्टर प्रधानले यस बिकट परिस्थितीमा अस्पताललाई सहयोग गर्ने ॐ शान्ति जैसवाल ट्रेडर्स परिवार प्रति धन्यवाद व्यक्त गरे ।

उक्त हस्तान्तरण कार्यक्रममा नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंह , डाक्टर सरोज रोशन दास लगायतको उपस्थिति रहेको थियो ।

Related posts

देशकै कान्छा पालिका प्रमुख गुप्ता भन्छन्– आमाका सपनाहरु पुरा गर्छु

MadhesKhabar

झुठा प्रलोभन दिनेहरुसंग सतर्क रहन प्रदीप यादवको आग्रह

MadhesKhabar

होलीको उपलक्ष्यमा वीरगन्जमा आयोजित रक्तदान कार्यक्रममा ४८ जनाले गरे रगतदान

MadhesKhabar

Leave a Comment