Madhes Khabar
समाज

रौतहटमा एकै रात तीन वटा घरमा चोरी, चार जना पक्राउ

रौतहट,६जेठ : रौतहटको फतुवा विजयपुर नगरपालिका अन्तर्गत वडा नम्बर ४ स्थित टेंग्राहा गाउँमा मंगलबार राति तीन घरमा चोरी भएको छ । एकै पटक शृङ्खलाबद्ध रूपमा भएका यी चोरीका घटनाले गाउँमा त्रास फैलाएको छ भने स्थानीय सुरक्षा व्यवस्थामाथि समेत प्रश्न खडा गरिदिएको छ।

ठूलो बलुवा टोलस्थित स्थानीय राजेन्द्र राय यादव को घरमा सुरुङ बनाएर चोरी गरिएको छ भने घरबाट सुनचाँदीका गरगहना, नगद तथा अन्य बहुमूल्य सामान गरी करिब १० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

त्यसैगरी त्यही टोलका स्थानीय नन्द राय यादवको घरमा पनि सुरुङ बनाउने प्रयास गरिएको थियो । तर, घरधनी नसुतेको कारण चोरहरू चोरी गर्न सफल नभएको स्थानीयवासीले बताएका छन् ।
यस्तै गाउँकै सानो बलुवा टोलमा बसोबास गर्दै आएका जामुन ठाकुर हजाम को घरमा पनि चोरी भएको छ । घर निर्माणका लागि राखिएको नगद रकम, सुनचाँदीका गरगहना तथा अन्य सामग्री चोरी भएको परिवारजनले बताएका छन् । उक्त घरबाट पनि करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

घटनापछि स्थानीयवासीमा त्रास छ भने ठूलो पीडित परिवारले सुरक्षाको अभावका कारण चोरीका घटना बढ्दै गएको गुनासो गरेका छन् ।प्रहरीले घटनामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जनाएको छ ।

स्थानीयवासीले पछिल्लो समय गाउँ क्षेत्रमा प्रहरी गस्ती कमजोर हुँदा चोरीका घटनामा वृद्धि भएको आरोप लगाएका छन् । उनीहरूले रात्रीकालीन सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा नियमित गस्ती बढाउन सम्बन्धित निकायसँग माग गरेका छन् । प्रहरीले भने घटनाबारे गम्भीर रूपमा अनुसन्धान भइरहेको र दोषीलाई कानुनी दायरामा ल्याइने जनाएको छ ।

Related posts

पर्साको सोनबर्षामा आयोजित कार्यक्रममा २२ जनाले गरे रक्तदान

MadhesKhabar

बाराको बडहर्वा चोकबाट मानव सेवा आश्रमद्वारा एक बेवारिसे महिलाको उद्धार

MadhesKhabar

वीरगन्जमा प्रदीप खण्डेलवाल मेमोरियल ट्रष्टकाे कार्यक्रममा ६९ जना गरे रक्तदान

MadhesKhabar

Leave a Comment