वीरगन्ज, १ जेठ : सरकारले संविधान संशोधनका लागि भन्दै गठन गरेको संविधान संशोधन बहशपत्र तयार कार्यदलले छलफलका लागि थप २० जना जेनजी युवाहरुलाई बोलाएकोमा त्यसमा पर्साबाट पनि तीन जना परेका छन् ।
गत वैशाख ३० गते प्रधानमन्त्री बालेन शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह नेतृत्वको कार्यदलले छलफलका लागि थप २० जना जेनजी युवाहरुलाई बोलाउने निर्णय गरेकोमा त्यसमा पर्साबाट जेनजी अभियन्ता विशेष साह, अधिवक्ता अनिल साह र अजूृन साह परेका हुन् ।
उनिहरुलाई कार्यदलले छलफलका लागि आजै (शुक्रबार) साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बोलाइएको कार्यालयका सदस्य सचिव लिलाधर सुबेदीले जानकारी दिए । संविधान संशोधनका लागि तयार पारिने बहशपत्रमा सुझाव दिनका लागि जेनजी युवाहरुलाई छलफलमा आमन्त्रण गरिएको सुबेदीले बताए ।

