Madhes Khabar
राजनीति

बालेनप्रति हर्क साम्पाङकाे कटाक्ष: आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन

काठमाडौं,३१वैशाख:श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन्द्र साहले नै दिनुपर्ने अडान दोहोर्‍याएका छन् ।

प्रतिनिधि सभा बैठकमा बिहीबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले अन्यथा आफ्नो पार्टी संसद बैठक बहिष्कार गर्न बाध्य हुने बताए । प्रधानमन्त्री बालेन शाहले संसदमा उपस्थित भएर सांसदहरूको धारणा प्रत्यक्ष नसुनेपनि उठेका प्रश्नको उत्तर भने दिनैपर्ने राईको भनाइ छ ।

सरकार प्रमुखले आफ्नै नीति तथा कार्यक्रममाथिको बहस नसुन्नु संसदको मर्यादा र संसदीय परम्परा विपरित भएको भन्दै उनले भने, ‘यदी प्रधानमन्त्री उत्तर दिन पनि उपस्थित नभएमा श्रम संस्कृति पार्टीले संसद बहिष्कार गर्छ ।’

प्रधानमन्त्रीको तर्फबाट संसदमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई खटाइएकोप्रति कटाक्ष गर्दै सांसद राईले आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर नहुने टिप्पणी गरे ।

‘जीवन सिकाई हो, हरेक पल हामीले सिकिरहनुपर्छ, अरुलाई सुनिरहनुपर्छ । हामीले अरुबाट सुन्नुपर्ने स्थिति होईन । सामाजिक परम्परा छ नि !, आफ्नो बिहेमा अरुलाई बेहुला पठाएर हुँदैन’, उनले भने, ‘त्यसो भएको हुनाले उत्तर दिन उहाँ आफै आउनुपर्छ । अब यो काग कराईरहन्छ, पिनास सुकिरहन्छ भन्ने हिसावले हामी संसदलाई चलाउन सक्दैनौँ ।’

निकै शिष्ट र शालीन ढंगले बैठकमा बैचारिक धारणा राखेका सांसद राईले देश विकास गफले मात्रै नहुने बताए । सरकारसहित सबैले आ-आफ्नो कर्तव्य पूरा गरेमात्र देश संमृद्ध हुने उनको भनाइ छ ।

Related posts

संसदीय समितिको बैठकमै सभापति साहमाथि सांसद कुसारीले प्रहार गरिन् माइक र नेमप्लेट

MadhesKhabar

हरपुरमा चौरसियाको दमदार घरदैलो,कांग्रेस जिताउने लहर तिव्र

MadhesKhabar

बारामा जसपाकाे जिल्ला कार्यसमिति गठन,अध्यक्षमा पटेल

MadhesKhabar

Leave a Comment