Madhes Khabar
समाचार

वीरगन्जको यातायात कार्यालयबाट मोटरसाइकल चोरर भाग्दै गरेका युवक पक्राउ

 

सांकेतिक तस्वीर

वीरगन्ज, २७ वैशाख : वीरगन्ज महानगरपालिका वडा नम्बर १३ स्थित यातायात व्यवस्था कार्यालय अगाडिबाट मोटरसाइकल चोरेर भाग्दै गरेका एक चोरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १३ का २० वर्षीय अख्तर हुसेन रहेका छन् ।

प्रहरीका अनुसार, गत शुक्रबार यातायात कार्यालय अगाडि पार्किङ गरी राखिएको बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का दिपेन्द्र कुमार गुप्ताको नाममा दर्ता रहेको प्र.२–०३–०१९ प ६३५० नम्बरको २२० सीसीको रातो रंगको पल्सर मोटर साईकल हुसेनले लक तोडेर चोरेर भागेका थिए । लगत्तै स्थानीय व्याक्तिको सहयोगमा प्रहरीले उनलाई भाग्दै गरेको अवस्थामा चोरीको मोटरसाइकलसहित पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चोरीको मोटरसाइकलसहित पक्राउ परेका हुसेनलाई प्रहरी हिरासतमा राखेर उनिविरुद्ध चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

Related posts

हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीका दुवै सडक दुई महिनाका लागि बन्द

MadhesKhabar

सबैकाे सहयाेग र समन्वयले मात्रै पानीको समस्या समाधान हुनसक्छ : मन्त्री यादव

MadhesKhabar

वीरगन्जस्थित व्यापारिक प्रतिष्ठानमा भीषण आगलागी

MadhesKhabar

Leave a Comment