Madhes Khabar
गण्डकी प्रदेश

टिपरले मोटरसाइकलाई ठक्कर दिँदा पत्निको मृत्यु, पति घाइते

त्रिवेणी, २५ वैशाखःनवलपरासीको नवलपुरमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।

गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित पूर्व–श्चिम राजमार्गमा शुक्रबार दिउँसो ना.७ ख. ८६२१ नम्बरको टिपरले लु४१प ९२३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार देवचुली नगरपालिका–१० की ३५ वर्षीय जमुदा गिरी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए।

दुर्घटनामा परी गम्भीर घाइते भएकी गिरीको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको उनले बताए।

दुर्घटनमा परी मोटरसाइकल चालक मृतक जमुना गिरी थापाका पति ४० वर्षीय राजबहादुर थापा घाइते भएका छन्। उनको भरतपुरमा उपचार भइरहेको छ। ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक पण्डितले बताए।

Related posts

बसभित्रै ७३ वर्षिया वृद्धामाथि सामुहिक बलात्कार

MadhesKhabar

भारतीय बजारमा गएका दुइ नेपाली युवती माथि सामुहिक बलात्कार

MadhesKhabar

घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने रक्साैलका दुई महिला पाेखरामा पक्राउ

MadhesKhabar

Leave a Comment