Madhes Khabar
राजनीति

बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौं,२१वैशाखःबागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ।

अवैध रूपमा सम्पत्ति आर्जन गरेको आशंकामा प्रारम्भिक अनुसन्धान सुरु गरिएको स्रोतको दावी छ। विभागको टोलीले काठमाडौं र हेटौँडास्थित बानियाँको घर र कार्यालयमा पुगेर आवश्यक कागजात संकलन र जाँचबुझ गरेको जनाएको छ।उनी ‘क’ वर्गको निर्माण व्यवसायी हुन् । उनको बानियाँ निर्माण सेवा कम्पनी रहेको छ ।

यद्यपि, विभागले औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेको छैन। मुख्यमन्त्री बानियाँ पक्षबाट पनि यस विषयमा आधिकारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।

Related posts

प्रचण्डका आतंककारी गतिविधिविरुद्ध रिट दायर गरेका हौं : रिट निवेदक

MadhesKhabar

कांग्रेस उम्मेदवार रिजालको घरदैलो अभियान तिव्र

MadhesKhabar

बर्दिवास नगरपालिकाका मेयर कार्की कांग्रेसमा प्रवेश

MadhesKhabar

Leave a Comment