काठमाडौं,१७वैशाख:रोल्पाको जलजलामा आज (बिहीबार) जिप दुर्घटना हुँदा २० जनाकाे मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार रुकुम पूर्वबाट जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप थबाङ गाउँपालिका–१ जलजलामा भिरबाट ८ सय मिटर तल खस्दा कम्तीमा २० जनाको मृत्यु भएको हो ।
थबाङ गाउँपालिका-१ र ४ नम्बर को सिमानामा पर्ने डाँडामा जिप दुर्घटना भएको हो । रोल्पा प्रहरीका अनुसार तीर्थयात्रीहरू जलजलामा शुक्रबार पूर्णिमाका दिन पूजापाठ गर्न रुकुमबाट जाँदै थिए ।

