धनगढी, ३ वैशाखः बझाङमा खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ ।बित्थडचिर गाउँपालिका–१ को माथिल्लो बित्थडमा शुक्रबार खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पानीमा डुबेर बित्थडको गगन बोहराका ५ वर्षीया छोरा जेनिस र सन्तोश बोहराको ६ वर्षीया छोरी प्रिन्साको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक बिष्टले जानकारी दिए ।
उनकाअनुसार दुवै जना छिमेकीको घर नजिकै शौचालय निर्माण गर्न खनेको खाल्डोमा जमेको पानीमा डुबेको अवस्थामा दिउँसो सवा २ बजेतिर मृत भेटिएका थिए ।

