Madhes Khabar
कर्णाली प्रदेश

डाेटीमा जीप दुर्घटना हुदाँ चार जनाकाे मृत्यु ,पाँच घाइते

काठमाडाैं,१९कार्तिक:डोटीको शिखर नगरपालिका–६ मा जीप दुर्घटना हुँदा ८ महिनाकी बालिकासहित ४ जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा बाजुराको हिमाली गाउँपालिका–५ का २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, धनशोभाका ६ वर्षीय छोरा कविन्द्र र विमला मलालकी ८ महिनाकी छोरी प्रार्थनाको मृतछ भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घाइतेहरुको डोटी दिपायलमा रहेको शैलेश्वरी अस्पताल पिपल्लामा उपचार भइरहेको छ । शनिबारराति कैलालीको धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको जीप के आईसिंह राजमार्ग अन्तर्गतको अडेउल भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शनिबारराति २ बजे जीप दुर्घटनामा परेको हो । चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान छ ।

Related posts

दार्चुलामा जिप दुर्घटना हुदा ५ जनाको घटनास्थलमै मृत्यु

MadhesKhabar

बैतडीमा जिप दुर्घटना हुँदा एउटै गाउँका ६ जनाको मृत्यु

MadhesKhabar

एउटै परिवारका चार जनाको घाँटी रेटेर हत्या

MadhesKhabar

Leave a Comment