Madhes Khabar
कर्णाली प्रदेश

जुवा खेल्दै गरेका रास्वपा वडा सभापतिसहित ५ जना पक्राउ

सांकेतिक तस्बिर ।

काठमाडौं,२१ भदौं : बाँकेको कोहलपुरमा जुवा खेल्दै गरेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वडा सभापतिसहित ५ जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–१३ स्थित खड्कवारबाट उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–४ घर भएका कुलबहादुर ओली, कोहलपुर–१२ घर भएका धनबहादुर परियार, चन्द्रबहादुर बस्याल, बेलबहादुर डाँगी र कोहलपुर–५ घर भएका राम गुरुङ छन् ।

जुवा खालबाट २ लाख २ हजार नगद बरामद गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हरि पुनले जानकारी दिए ।रास्वपाका एक जना जिल्ला नेताका अनुसार पक्राउ परेका कुलबहादुर ओली रास्वपा बैजनाथ–४ का वडा समितिका सभापति हुन् । शुक्रबार राति पक्राउ परेका उनीहरूमाथि प्रहरीले आइतबार म्याद लिएर थप अनुसन्धान गर्ने तयारी गरेको छ ।साभारः रातोपाटी

Related posts

दार्चुलामा जिप दुर्घटना हुदा ५ जनाको घटनास्थलमै मृत्यु

MadhesKhabar

आफ्नो खाजा खर्चबाट विद्यार्थीहरुले गरे बाढीपीडितलाई आर्थिक सहयोग

MadhesKhabar

डाेटीमा जीप दुर्घटना हुदाँ चार जनाकाे मृत्यु ,पाँच घाइते

MadhesKhabar

Leave a Comment