Madhes Khabar
कर्णाली प्रदेश

प्रेमीकी श्रीमतिलाइ हातपात गर्ने मन्त्री विमला वली पक्राउ

मधेसखबर
वीरगन्ज,३१जेठ : प्रेमीकी श्रीमति र छोरीलाइ हातपात गरेको आरोपमा लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कको सब्जिमण्डी बजार स्थित एकराज बस्नेतको घरमा मङगलबार पुगेर उनकी श्रीमती र छोरीलाई हातपात गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा राज्यमन्त्री वलीलाई थुनेर राखेका थिए ।त्यसपछि पुगेको प्रहरीले वलीलाइ नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेर राखेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक सुरेश काफ्लेले बताए ।
राज्यमन्त्री वली मङगलबार बिहान लु १ झ ५३७ नम्बरको सरकारी गाडी चढेर बस्नेतको घरमा पुगेकी थिइन् । घटना हुँदा एकराज घरमा थिएनन् ।

नेकपा एमालेबाट दाङको प्रदेश निर्वाचन क्षेत्र ३ को ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएपछि तत्कालीन नेकपाबाट उनकी श्रीमती विमला वली सांसद निर्वाचित भएकी थिइन् । नेकपा विभाजनपछि उनी माओवादीमा लागेकी थिइन् ।

Related posts

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद।

MadhesKhabar

Leave a Comment