काठमाडौं,३वैशाख:सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिका सभापतिकाे उम्मेदवारहरुकाे टुंगो लगाएको छ ।
बिहीबार बसेको पार्टी संसदीय दलको बैठकले समिति सभापतिहरुको उम्मेदवारकाे टुंगो लगाएको हो ।
बैठक स्रोतका अनुसार रास्वपाले उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिकाे सभापतिमा रहबर अन्सारीलाई उम्मेदवार बनाएको छ।अन्सारी,बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन्।
यस्तै रास्वपाले कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बाँस्कोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यस्तै, पूर्वाधार विकास समितिमा आशिष गजुरेल सभापति उम्मेदवार बन्दा राज्य व्यवस्था तथा सुशासन समिति सभापति हरि ढकाललाई बनाउने निर्णय बैठकले गरेको छ ।
यसबाहेक कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति अशोककुमार चौधरी‚ शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति ओजस्वी शेरचन‚ अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास र अर्थ समितिमा कृष्णहरी बुढाथोकी सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। संसदीय सुनुवाइ समिति(संयुक्त) मा बोधनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने पार्टीले संसदीय दलले निर्णय गरेको छ ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) मा गणेश कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

