Madhes Khabar
राजनीति

रविलाई ६ दिन प्रहरी हिरासतमा राख्न अदालतले दियो अनुमति

काठमाडौं,४कार्तिकः सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्न ६ दिन म्याद थप भएको छ ।

कास्की जिल्ला अदालतले लामिछानेलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्न ६ दिनको म्याथ थप गरेको हो । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको प्रकरणमा पक्राउ परेका लामिछानेलाई आइतबार कास्की जिल्ला अदालत कास्कीमा आइतबार पेश गरिएको थियो ।

कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई गत शुक्रबारदेखि लागू हुनेगरी ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए ।

आइतबारको बहसमा जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी र सहकारी पीडितका तर्फबाट वेदबहादुर विष्टले अनुसन्धानका लागि ६ दिनको म्याद थप गर्न माग गरेका थिए ।लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए ।

गत शुक्रबार काठमाडौकों वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई शुक्रबारनै राति स्थलमार्ग हुदैं प्रहरीले पोखरा पु¥याएको थियो ।

शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आइतबारमात्रै अदालतमा पेश गरिएको थियो । उनलाई अदालतमा पेश गर्नअघि पोखराको सहिदचोकमा ठूलो संख्यामा रास्वपाका कार्यकर्ता जम्मा भएका थिए भने राष्ट्रबैंक चोकमा सहकारी पीडित जम्मा भएका थिए ।
जिल्ला प्रशासन कार्यालयले सम्भावित स्थिति नियन्त्रण गर्न सहिदचोक आसपासका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । उक्त निषेधाज्ञा तोडेर नाराबाजी गर्ने क्रममा प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो भने प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।

Related posts

जनमत पार्टीले सरकारलाई भन्यो : चिनियाँ राजदूतलाई तत्काल फिर्ता पठाउनुपर्छ

MadhesKhabar

संसदीय समितिको बैठकमै सभापति साहमाथि सांसद कुसारीले प्रहार गरिन् माइक र नेमप्लेट

MadhesKhabar

कानुनी अड्चन हटाएर भए पनि घण्टाघरको रोड कालोपत्रे हुन्छ: मेयर राजेशमान

MadhesKhabar

Leave a Comment