Madhes Khabar
अर्थतन्‍त्र

फेरि ३ लाख नाघ्यो सुनको भाउ

वीरगन्ज,२वैशाखः नेपाली बजारमा सुनको भाउ फेरि प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको मूल्यमा प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेको हो ।

बजारमा आज सुन प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँको दरमा किनबेच भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन २ लाख ९९ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत बुधबार २ लाख ९९ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला १५५ रुपैयाँ बढेको हो । हिजो प्रतितोला ५ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ हजार २२० रुपैयाँमा पुगेको छ । गत बुधबार चाँदी प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।

Related posts

वीरगन्ज महानगरपालिकाद्वारा पाँच महिनामा गत वर्षको भन्दा ४ करोड बढी राजश्व संकलन

MadhesKhabar

घटयो पेट्रोल र डिजेलको मूल्य

MadhesKhabar

बढ्याे डिजेल र पेट्रोलकाे भाउ

MadhesKhabar

Leave a Comment