Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

घटयो पेट्रोल र डिजेलको मूल्य

वीरगन्ज,३१साउन:नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ ।

बिहीबार साँझ बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ ।

घटेको मूल्य अनुसार वीरगन्ज, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजल र मट्टीतेल १५२ रुपैयाँ कायम भएको छ ।

त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४, डिजल तथा मट्टीतेल १५४ रुपैयाँ कायम भएको छ ।

काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजल तथा मट्टीतेल १५५ रुपैयाँ कायम भएको निगमले एक सूचना मार्फत जानकारी दिएको छ ।

Related posts

अर्थमन्त्रीलाई भेटेर मेयर सिंहले भने : भन्सारबाट उठ्ने राजश्व वीरगन्जलाई पनि चाहिन्छ

MadhesKhabar

वीरगन्जको भाटभटेनीमा भेटियाे म्याद गुज्रेका खाद्य सामग्री,तर जरिवाना भने ५ हजार मात्रै

MadhesKhabar

चुनावमा पर्सा–बाराको भारतीय बोर्डर ७२ घण्टा सिल गर्ने सहमति

MadhesKhabar

Leave a Comment