Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

घटयो पेट्रोल र डिजेलको मूल्य

वीरगन्ज,३१साउन:नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ ।

बिहीबार साँझ बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ ।

घटेको मूल्य अनुसार वीरगन्ज, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजल र मट्टीतेल १५२ रुपैयाँ कायम भएको छ ।

त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४, डिजल तथा मट्टीतेल १५४ रुपैयाँ कायम भएको छ ।

काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजल तथा मट्टीतेल १५५ रुपैयाँ कायम भएको निगमले एक सूचना मार्फत जानकारी दिएको छ ।

Related posts

जापनिज इन्सेफ्लाइटीस रोगको जोखिममा पर्सा जिल्ला : युवकको मृत्यु, बालिकाको उपचार चल्दै

MadhesKhabar

रवि लमिछानेविरुद्धको मुद्दा ५ महिनाको अनुसन्धानपछि पर्सा प्रहरीले सरकारी वकिलकोमा पठायो

MadhesKhabar

आज विजयादशमी, नवदुर्गाकाे प्रसाद स्वरुप टीका र जमरा लगाइँदै

MadhesKhabar

Leave a Comment