Madhes Khabar
अर्थतन्‍त्र

वर्षको पहिलो दिन बढ्यो सुनको भाउ, कतिमा हुदैंछ कारोबार ?

काठमाडौं,१वैशाखःनयाँ वर्ष २०८३ को पहिलो दिन आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलमा ३ हजार १ सय रुपैयाँले बढेको हो ।

महासंघले आजका लागि सुनको भाउ प्रतितोला दुई लाख ९९ हजार ८०० रुपैयाँ तोकेको छ ।यसअघि हिजो (सोमबार) सुन तोलाको दुई लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १६५ रुपैयाँले बढेर पाँच हजार ६५ रुपैयाँ कायम भएको छ ।हिजो चाँदी तोलाको ४ हजार ९०० मा रुपैयाँमा कारोबार भएको थियो ।

Related posts

अण्डाकाे नयाँ मूल्य निर्धारण

MadhesKhabar

पर्सामा महिला उद्यमीकाे संख्या बढ्दै

MadhesKhabar

वीरगन्ज आएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपीलाई उद्योगीहरुले भेटे

MadhesKhabar

Leave a Comment