Madhes Khabar
अर्थतन्‍त्र

अण्डाकाे नयाँ मूल्य निर्धारण

काठमाडाैं,२२चैत:नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन बिक्री मूल्य निर्धारण गरेको छ । यसअनुसार मध्यम अण्डा क्रेटको ३७५ रुपैयाँ, ठूलो अण्डा क्रेटको ३९० रुपैयाँ र अझै ठूलो अर्थात एक्सएल अण्डा क्रेटको ४५० रूपैयाँ कायम गरिएको छ ।

संघले नयाँ समर्थन मूल्यअनुसार कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ । इटहरी, धनगढी र काठमाडौंमा तीन दिनसम्म भएको संघको व्यवसायी भेलाले अण्डाको समर्थन बिक्री मूल्य निर्धारण गरेको हो ।

निर्धारण गरिएको नयाँ मूल्य बिहीबारदेखि नै लागू भएको संघले जनाएको छ ।

Related posts

सुनको मूल्यमा नयाँ कीर्तिमान

MadhesKhabar

आफ्नै निर्णयबाट पछि हटे वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव लाठ

MadhesKhabar

वीरगन्जको सिर्सिया ड्राइपोर्टमा थन्कियो २ हजार ८ सय कन्टेनर

MadhesKhabar

Leave a Comment