
वीरगन्ज,२६चैतः वीरगन्जमा यहि चैत २८ गते श्री जगन्नाथ रथ यात्रा आयोजना गरिने भएको छ । अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) वीरगन्जजले तेस्रो पटक श्री जगन्नाथ रथ यात्रा २०८२ आयोजना गर्न लागेको हो ।
इस्कोनका अनुसार, चैत २८ गते शनिबार दिउँसो १ बजेदेखि गहवा माई मन्दिर अगाडिको पार्कबाट सुरु हुने यात्रा आदर्शनगर, मकालु होटल चोक, पूजन होटल चोक, कैलाश होटल चोक , घडीअर्वा पोखरी, गीता मन्दिर रोड हुँदै पुनः माइस्थानस्थित मन्दिर अगाडिकै पार्कमा पुगेर समापन हुनेछ।
वैदिक परम्पराअनुसार मनाइने श्री जगन्नाथ रथ यात्रा एक पवित्र र हर्षोल्लासपूर्ण पर्व समेत भएको भन्दै इस्कोनले जगन्नाथ रथ यात्राका अवसरमा भगवान् जगन्नाथ, भगवान् बलदेव तथा सुभद्रा महारानीको रथयात्रा निकालिनेछ ।
समाजमा एकता, भक्ति र समानताको सन्देश प्रवाह गर्ने उदेश्यले आयोजना गर्न लागिएको रथ यात्रामा ४ देखि ६ हजार श्रद्धालु भक्तजनहरुको सहभागिता रहने अनुमान रहेको इस्कोन वीरगन्जका मुक्तिनाथ साहले जानकारी दिए ।
फाइल तस्बिर ।

