Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्याे : पेट्रोलको मूल्य २ सय नाघ्यो (सूचीसहित)

काठमाडौं,१९चैत: नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ ।

चैत २० गते (अहिले मध्यरात) बिहानैदेखि लागु हुनेगरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ ।

नयाँ वृद्धि गरिएको मूल्य अनुसार अब तेस्रो वर्ग अर्थात काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यसअघि १८७ रुपैयाँ थियो । यी तीन ठाउँमा यसअघि डिजेल र मट्टितेलको मूल्य १६७ रुपैयाँ लिटर रहेकामा अब १८२ रुपैयाँ पुगेको छ ।

यस्तै पहिलो वर्गअन्तर्गत रहेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १८४ रहेकाेमा अब १९९ रुपैयाँ ५० पैसा पुगेको छ, भने डिजेल/मट्टितेलको मूल्य यसअघि प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर १७९ रुपैयाँ ५० पैसा कायम भएको छ ।

यस्तै दोस्रो वर्गमा रहेका सुर्खेत र दाङमा यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १८६ रुपैयाँ रहेकामा अहिले बढेर २०१ रुपैयाँ पुगेको छ । यस्तै त्यहाँ डिजेल/मट्टितेलको मूल्य पहिले प्रतिलिटर १६६ रुपैयाँ रहेकामा अब बढेर १८१ रुपैयाँ पुगेको छ ।

आयल निगमले यो मूल्य समायोजनपछि पनि १५ दिनमा ११ अर्ब ७१ करोड निगमलाई घाटा हुने जनाएको छ ।

Related posts

भोजपुरी प्रतिष्ठान, वीरगंजद्वारा “फगुआ के रंग लोक गीत के संग” कार्यक्रम सम्पन्न

MadhesKhabar

पर्साका सांसद प्रदीप यादव स्वास्थ्यमन्त्री बन्दै, आजै साँझ ६ बजे शपथ लिने तयारी

MadhesKhabar

मधेसमा भ्रष्टाचार नियन्त्रण पहिलाे प्राथमिकता: मुख्यमन्त्री यादव

MadhesKhabar

Leave a Comment