Madhes Khabar
स्थानिय हेडलाइन

पर्सामा भूमीहिन र सुकुम्बासीलाई भूमी आयोगद्वारा निस्सा वितरण गर्न सुरु

मधेसखबर
वीरगन्ज,२४चैत : पर्सामा भूमीहिन दलित , सुकुम्वासी र अव्यवस्थित बोसीबासीहरुलाइ राष्ट्रिय भूमी आयोगले निस्सा वितरण गर्न शुरु गरेको छ ।

शुक्रबार पर्सागढी नगरपालिका वडा नम्बर २ मा एक कार्यक्रम गरि आयोगले लक्षित समुहलाई निस्सा वितरण गर्न सुरु गरेको हो । वडा नम्बर २ मा भुमिहिन ७६ जना, सुकुम्वासी, ४१ जना र अव्यवस्थित बसोबासी १ सय ८३ जना छन् ।

कार्यक्रममा भूमीहिन , सुकुब्वासी र अव्यवस्थित बसोबासीहरुलाई उनिहरुले दर्ता गराएको निवेदनको निस्सा वितरण गर्दै राष्ट्रिय भूमिहिन आयोग पर्साका अध्यक्ष तबरेज अहमदले आफु आयोगको अध्यक्ष भएको एक वर्ष पुरा भएकै दिन निस्सा वितरण गर्न पाउदा खुशी लागेको बताए । उनले भने,‘ यो निस्साको कागज कागज मात्रै होइन , यो प्रारम्भिक लालपुर्जा सरह हो ।

लक्षित समुदायलाई अब यसपछि आइतबार भित्रै चिठ्ठी सहित सम्पर्क गर्न आग्रह गर्दै अहमदले १५ दिने सुचना निकाल्ने र त्यसपछि प्रदान गरिने जग्गाको नापीको काम सुरु गरिने जानकारी पनि दिए । लक्षित समुहले कुनै पनि शुल्क तिर्न नपर्ने बताउदै उनले यदि कसैले कुनै पनि बहानामा रकम मागेमा सिधै आफुलाई सम्पर्क गरेर खबर गर्न आग्रह पनि गरे ।

लक्षित समुहलाई जग्गा प्राप्तिको काम यथाशक्य छिटो सम्पन्न गराउन आफु लागिपरेको उनले बताए ।यद्यपि कर्मचारीका ढिला सुस्तीका कारण २/३ दिन महिना बिलम्ब हुन पुगेको भन्दै अध्यक्ष अहमदले तर अब त्यस्तो हुन नदिन आफुहरुले प्रयास गरिरहेको पनि बताए ।

वडाध्यक्ष वीरेन्द्र प्रसाद महतो थारुको अध्यक्षतामा भएको शुक्रबारको कार्यक्रममा उपमेयर पुजा चौधरी , कार्यपालिका सदस्य सिता लामा , आयोगका जिल्ला सदस्य सुरेन्द्र सिंह, हेमा कुमारी भट्टराई लगायतको पनि उपस्थिती थियो ।

 

Related posts

वीरगंज महानगर वडा न.३० मा अति विपन्नलाई कम्बल वितरण

MadhesKhabar

बारामा २ क्विन्टल ६२ केजी गाँजासहित भारतीय ट्रक पक्राउ

MadhesKhabar

अन्नको भण्डारमा मधेसमा असार आधा बित्दा ३.९ प्रतिशतमात्रै धान रोपाइँ

MadhesKhabar

Leave a Comment