वीरगन्ज,१८ चैतः पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य (सांसद) हरि पन्त्ले बुधबार प्रधानमन्त्री बालेन शाहसंगको छलफलमा आफ्नो निर्वाचन क्षेत्रसंग जोडिएका विभिन्न विषयहरुबारे ध्यानाकर्षण गराएका छन् ।
बुधबार मधेस प्रदेशका सांसदहरुसंग प्रधानमन्त्री शाहले गरेको छलफलका क्रममा सांसद पन्तले वीरगन्जको सिर्सिया नदिको प्रदुषण हाटाउन अधिकार सम्पन्न समिति गठन गरि समयसिमा नै तोकेर समस्याको समस्या गर्नु अबको सरकारको काम भएको बताए । पन्तले किसानलाइ चाहिएको समयमा आवश्यक मात्रामा रासायनिक मल सरकारले उपलब्ध गराउनु पर्नेमा जोड दिए ।
वीरगन्जमा हाल सञ्चालनमा रहेका क्यासिनोहरुमा नेपाली नागरिकको अवैध प्रवेश भइरहेको भन्दै सांसद पन्तले गैरुकानूनी रुपमा नेपालीलई प्रवेश गराएर क्यासिनोले नागरिकलाई बिल्लीबाठ बनाउँदा पनि स्थानीय प्रहरी प्रशासन मुकदर्शक बनेको विषयमा प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराए ।
वीरगन्जका विभिन्न स्थानमा अवैध ढाट राखेर सवारी कर असुली भइरहेको भन्दै पन्तले यसबारेमा प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई जानकारी गराउँदापनि कुनै सुनुवाई नभएको गुनासो प्रधानमन्त्री शाहलाई सुनाए ।
सांसद पन्तले ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री शाहले यी सबै बेथिति र अराजकता रोक्नन गृहमन्त्री र प्रहरी माहानिरिक्षकलाई आँफुले निर्देशन दिने बताए।

