Madhes Khabar
समाचार

रौतहटमा चार वर्षीया बालिकालाई अपहरण गरि २० लाख फिरौती माग्ने युवक पक्राउ

सांकेतिक फोटो

मधेसखबर
वीरगन्ज,२५असार : रौतहटमा चार वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक राख्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक युवकलाइ पक्राउ गरेको छ ।

प्क्राउ पर्नेमा ईशनाथ नगरपालिका–७ बस्ने २४ वर्षीय महमद अविर हुसैन रहेका छन् । उनलाइ प्रहरीले बिहीबार राति पक्राउ गरेको हो ।

प्रहरीका अनुसार , बिहीबार साँझ आफ्नै घर बाहिर खेल्दै गरेको अवस्थामा बालिकालाई नदेखेपछि खोजी गर्ने क्रममा पीडित बालिकाको आफन्तलाई अपरिचित ब्यक्तिले फोन गरी बालिकालाई अपहरण गरी बन्धक बनाई राखेको जानकारी गराएका थिए ।

२० लाख रुपैयाँ फिरौती लिएर राजपुर नगरपालिकाको ईद्रिश गेटमा लिएर आउन उनले भनेका थिए। रकम नल्याएमा र फिरौती मागेको कुरा कसैलाई भनेमा बच्चाको ज्यान मार्ने धम्की दिएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा राजपुर नगरपालिका–१ बहुअर्वा मदर्सा अगाडि सडक छेउमा रहेको पसल नजिकबाट ती बालिकाको उद्दार गरेको थियो ।

साथै उक्त कार्यमा संलग्न हुसैनलाई घटनामा प्रयोग गरेको बीआर ०५ एएफ ०२८२८ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो।

Related posts

पर्साको हुलाकी सडकबाट सशस्त्र प्रहरीद्वारा गाँजासहित दुई जना पक्राउ

MadhesKhabar

पर्साका पत्रकार अनुप तिवारीलाई प्रेस चाैतारीकाे कारबाही,संगठनबाट ५ वर्षका लागि निस्कासन

MadhesKhabar

पर्सा–४ मा उम्मेदवार रिजालको समर्थनमा नेपाली काङ्ग्रेसका युवाहरुको बैठक सम्पन्न

MadhesKhabar

Leave a Comment