Madhes Khabar
स्थानिय हेडलाइन

पर्साकाे सिडिओ कार्यालयमा सांसद्वय पन्त र कानुले संगे गरे अनुगमन: सेवा प्रवाहलाई चुस्त बनाउन दिए निर्देशन

वीरगन्ज,१७चैत: जिल्ला प्रशासन कार्यालय पर्सामा सेवाग्राहीले भोग्दै आएका झन्झट र प्रशासनिक अड्चनलाई हटाउन नवनिर्वाचित सांसदहरुले चासो देखाएका छन्।पर्सा-१ का सांसद हरि पन्त र पर्सा-२ का सांसद सुशील साह कानुले जिल्ला प्रशासन कार्यालय पर्सामा संगै पुगेर अनुगमन गरी कार्यालयको सेवा प्रवाहबारे विस्तृत जानकारी लिएका छन्।

 

​​अनुगमनका क्रममा सांसदद्वयले कार्यालयमा सेवा लिन आएका सर्वसाधारणसँग पनि प्रत्यक्ष संवाद गरे।धेरैजसो सेवाग्राहीले एउटै फाइलमा ‘तोक’ लगाउन र स्वीकृत गराउन विभिन्न कोठाहरू धाउनुपर्ने, साना कामका लागि पनि घन्टौँ कुर्नुपर्ने र प्रशासनिक प्रक्रिया झन्झटिलो रहेको गुनासो पोखेका थिए।

 

त्यसपछि सांसदद्वयले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भाेला दाहालसंग भेटेर कार्यालयकाे सेवा प्रवाह सुधारका उपायहरूबारे छलफल गरे।त्यसक्रममा ​प्रमुख जिल्ला अधिकारी दाहालले सेवालाई प्रविधिमैत्री र सरलीकृत बनाउन चालिएका कदमहरूबारे जानकारी गराए। प्रजिअ दाहालले कार्यालयको कार्यसम्पादनलाई चुस्त बनाउन र बिचौलियामुक्त बनाउन ‘एकद्वार प्रणाली’ को अवधारणा अघि सारिएको बताए।

 

​सांसदद्वय पन्त र साहले सरकारी अड्डामा जनताले सास्ती पाउनु लोकतन्त्रको उपहास भएको बताए। उनिहरुले भने, “हाम्रो मुख्य उद्देश्य भनेकै आम नागरिकले राज्यबाट पाउने सेवा सहज र सम्मानजनक ढंगले पाउनु पर्छ भन्ने हो। प्रजिअले सुरु गर्नुभएको सुधारका कार्यहरूले जनताको चाहना पूरा गर्ने र समयको बचत हुनेमा हामी आशावादी छौँ।”

Related posts

वीरगन्जको यातायात कार्यालयमा कर्मचारीको दादागिरी : सरुवा भएको कार्यालयमा जान मान्दैनन्

MadhesKhabar

सुनजस्तो देखिने धातुसहित बाराबाट २ जना पक्राउ

MadhesKhabar

नारायणी अस्पतालका लागि १ अर्बको प्याकेज बजेटमा समावेश गराएको छु :स्वास्थ्यमन्त्री यादव

MadhesKhabar

Leave a Comment