काठमाडौं,१४चैत;नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेकाे विराेधमा काठमाडौंमा एमालेका कार्यकर्ताले प्रदर्शन सुरु गरेका छन् ।सरकारले प्रतिशाेध साँधेर।ओलीलाई पक्राउ गरेकाे भन्दै एमाले नेता कार्यकर्ताहरु सडकमा उत्रिएका हुन् ।
एमाले पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक चलिरहँदा काठमाडौं जिल्ला कमिटीको आयोजनामा चाबहिल चोकबाट प्रदर्शन सुरु भएको छ । जेन–जी आन्दोलनमा दमन गरिएको भन्दै गौरीबहादुर कार्की आयोगले कारबाहीका लागि गरेको सिफारिस अनुसार सरकारले शनिबार बिहानै अध्यक्ष ओलीलाई निवासबाटै नियन्त्रणमा लिएको छ । यस्तै पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरिएको छ ।

