Madhes Khabar
धर्म/संस्कृति

चैती छठकाे मुख्य दिन आज `सँझिया घाटे´ : सूर्य भगवानलाई अर्घ दिइदैं

फाइल फोटो

वीरगन्ज,१०चैत : श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेसको साझा सांस्कृतिक धरोहरका रुपमा मनाइने चैती छठ पर्बको मुख्य दिन आज(मंगलबार) साँझ ब्रतालुहरुले अस्ताउदो सुर्य र छठी मातालाइ अर्घ दिदैछन् ।

चैत शुक्लपक्षमा चार दिन सम्म मनाइने चैती छठ पर्वको तेश्रो दिन आज अर्थात षष्ठी तिथीलाइ छठको मुख्य दिन मानिन्छ । जसलाइ सँझीया घाटे पनि भनिन्छ ।छठको मुख्य दिन आज साँझ ब्रतालुहरुले नदि, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठ घाटमा पुगेर अस्ताउँदो सुर्य र छठी मातालाइ अर्घ दिनेछन् ।

वीरगन्जको घडीअर्वा पोखरी, रानीघाटको सिर्सिया नदि , नगवा , छपकैया लगायतका स्थानमा रहेका छठघाट (जलाशय) हरुमा आज साँझ सुर्य भगवान र छठीमातालाइ अर्घ दिन ब्रतालुहरु पुग्छन् ।

सुर्य भगवान र छठी मातालाइ पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु लगायतका फुलफुल पनि सुर्य भगवान र छठी मातालाइ अर्घ दिने गरिन्छ ।

छठ पर्बको अन्तिम दिन सप्तमी तिथीका दिन भाेलि (बुधबार) बिहान ब्रतालुहरुले फेरि छठघाटमा पुगेर उदाउदो सुर्य र छठीमातालाइ अर्घ दिएपछि छठ पूजा विधीवत रुपमा समापन हुन्छ । यसअघि साेमबारदेखि निर्जला ब्रत लिएका ब्रतालुहरुले साेमबार नै साँझ नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको खीर (रसीआव) तथा गहुको रोटी प्रसादका रुपमा पकाएर उक्त प्रसाद अर्थात रसीआव-रोटी चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गरेका थिए ।

चैती छठ पर्ब गत आइतबारदेखि विधीवत रुपमा सुरु भएको हो । चैत शुक्लपक्षमा चार दिन सम्म मनाइने चैती छठ पर्बको पहिलो दिनलाइ नहाए खाएके दिन पनि भन्ने गरिन्छ ।चैती छठको पहिलो दिन आइतबार व्रतालुहरुले खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा नुहाइ धुवाई गरेर शुद्ध भई लुसन र प्याज बेगरको चोखो साकाहारी खाना खाएका थिए ।

सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेसबासीको महान् चाड छठ पर्ब कात्तिक र चैतमा गरि वर्षमा दुइ पटक मनाउने गरिन्छ ।छठ पर्बमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मीक जनविश्वास रही आएको छ ।

वर्षमा दुइ पटक (कात्तिक र चैत ) गरि मनाइने छठ पूजा अन्तर्गत चैतमा मनाइने चैती छठ , पछिल्लो समयमा मनाउनेहरुको संख्या बढ्दै गएको छ ।

Related posts

वीरगन्जकाे गहवामाई रथ यात्रामा उर्लियाे हिन्दु जनसागर

MadhesKhabar

महुवनकाे पारसनाथ मन्दिर परिसरमा तीन काेठे भवनकाे गाँउपालिका अध्यक्ष यादवले गरे शिलान्यास

MadhesKhabar

वीरगन्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो

MadhesKhabar

Leave a Comment