Madhes Khabar
मधेस प्रदेश

बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति

रौतहट,९चैत : गत शुक्रबारदेखि आइतबारसम्म आएको भीषण हावाहुरी,असिनासहितको अविरल वर्षाले रौतहटको इँटा उद्योगमा करिब ४ करोड रुपैयाँ बराबरको क्षति भएको छ । पोल्नका लागि तयार पारिएको काचो इँटा असिना पानीले ध्वस्त बनाइ दिँदा इँटा व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नु परेको छ।

रौतहट इँटा उद्योग व्यवसायी संघका अध्यक्ष तथा गरुडा नगरपालिकाको –५ महम्मदपुरस्थित रहेको एसपिएल इँटा उद्योगका सञ्चालक रामबिनोद साहका अनुसार रौतहट जिल्लामा सञ्चालनमा रहेका ५० वटा इँटा उद्योगमा ठूलो क्षति पुगेको छ । अध्यक्ष साहका अनुसार संकलित तथ्यांक अनुसार विभिन्न स्थानका उद्योगहरूमा करिब १० लाख भन्दा बढी काँचो इँटा नष्ट भएको छ ।

प्रत्येक काँचो इँटाचको लागत औसतमा ७ रुपैयाँभन्दा बढी पर्ने भएकाले कूल नोक्सानीको रकम करिब ४ करोड रुपैयाँ पुगेको अनुमान गरिएको छ । बिके इँटा उद्योग, बिर इँटा उद्योग,पूजा इँटा उद्योग, एमबिआई इँटा उद्योग, सोना इँटा उद्योग, रामजानकी इँटा उद्योग, उदय इँटा उधोग,आजाद इँटा उधोगलगायत ५० वटा उद्योगहरूमा हावाहुरी र वर्षाका कारण सबभन्दा बढी नोक्सानी भएको जनाइएको छ ।

यी उद्योगहरूले निर्माण गरेका काँचो इँटाहरू खुला स्थानमा सुकाउने क्रममा रहेका थिए,जुन बेलामा मुसलधारे पानीसहितको असिना र तेज हावाहुरीले इँटाहरू बिग्रिएको र प्रयोग अयोग्य बनेको उद्योगीहरूले जानकारी दिएका छन् ।

बृन्दावन नगरपालिका २ मा रहेको राधाकृष्णा इँटा उद्योगका सञ्चालक प्रेमशंकर यादवका अनुसार उनको उद्योगमा मात्रै १० लाखभन्दा बढी काँचो इँटा नष्ट भएको छ । करीब ५५ लाख रुपैयाँ बराबरको आर्थिक नोक्सानी भयो,तर हाम्रो पीडा बुझ्ने कोही छैन,’उनले भने,’आजसम्म कुनै सरकारले हाम्रो पीडा सुनेन अब बन्ने सरकारले के गर्ने हो ? आशा मात्र गर्ने अवस्था रह्यो,उनले थपे,’हामीजस्ता साना उद्योगीहरू प्रायः बैंक ऋणमा आश्रित छौं । बैंकले समयमा ब्याज नतिरे फोन गर्छ,तर नोक्सानी हुँदा कहिल्यै सोधपुछ गर्दैन ।’

उद्योगीहरूको साझा गुनासो र आशा सरकारले वा सम्बन्धित निकायहरूले काँचो इँटाको बीमा प्रणाली अवलम्बन गरेको भए यस्ता प्राकृतिक प्रकोपबाट केही राहत दिए हुने भन्ने छ । इँटा उद्योग व्यवसायी संघका अध्यक्ष रामबिनोद जयसवालले व्यवसायीको लगानी डुब्न लाग्दा सरकार,स्थानीय प्रशासन,वित्तीय निकायहरूको तर्फबाट कुनै चासो नदिएको आरोप लगाए ।

निरन्तर बीमा प्रणालीको व्यवस्था गर्न सम्बन्धित पक्षहरूलाई आग्रह गरैरहेका छौँ तर,सुनुवाइ हुँदैन,के गरेर व्यवसाय चलाउने हो भन्ने चिन्तामा उद्योगीहरू छ्न्,अध्यक्ष जयसबाल भन्छन्,’ राज्यले करमात्र लिन्छ,दुःख देख्दैन,अब व्यवसाय नै धरापमा पर्ने खतरा बढेको छ।’

एउटा काँचो इँटा उत्पादन गर्न माटो,पानी,मजदुरीलगायतको लागत जोड्दा औसतमा ७ रुपैयाँभन्दा बढी खर्च हुन्छ । तर, सुकाउने प्रक्रिया सकिनु अघि नै अविरल वर्षाले इँटा गलाएर नष्ट बनाइ दिँदा ऋणको भार थपिएको आजाद इँटा उद्योगका सञ्चालक राजेस बन्जारा बताउँछ्न् ।

उनीहरूले अब इँटा उद्योगीहरूले सरकार,उद्योग मन्त्रालय,विपद् व्यवस्थापन निकाय र बीमा कम्पनीहरूलाई तत्काल पहल गर्दै इँटा व्यवसायीको समस्यामा ध्यान दिनपर्ने माग गरेका छन् । रौतहटमा उत्पादित इँटा नेपालभरी प्रयोग हुने गरेको छ ।

Related posts

राैतहटमा नेपाली १ हजार दरका नक्कली नोटसहित ३ जना पक्राउ

MadhesKhabar

मधेस प्रदेशका तत्कालीन सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

जसपा अध्यक्ष उपेन्द्र यादवले मागे मुख्यमन्त्री लालबाबु राउतको राजिनामा

MadhesKhabar

Leave a Comment