Madhes Khabar
कृषि हेडलाइन

पर्सामा यसवर्ष धानको उत्पादन १२ प्रतिशतले घट्यो

फाइल फोटो

वीरगन्ज, ७ चैतःपर्सा जिल्लामा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ। कृषि ज्ञान केन्द्र पर्साका अनुसार गत वर्षको तुलनामा यस वर्ष पर्सामा २४ हजार ९ सय ९७ मेट्रिक टन कम धान उत्पादन भएको छ।

यो वर्ष जिल्लाभर ४७ हजार १ सय ३० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा प्रतिहेक्टर ३ दशमलव ६७ मेट्रिक टनको दरले कूल १ लाख ७२ हजार ९ सय ६७ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ।

गत आर्थिक वर्षमा पर्साम अहिलेकै वर्षको क्षेत्रफलमा धान खेती गरिएकोमा प्रति हेक्टर ४ दशमलव २ मेट्रिक टन उत्पादनदरका आधारमा १ लाख ९७ हजार ९ सय ४० मेट्रिक टन धान उत्पादन भएको थियो। यसरी यस वर्ष धानको उत्पादन १२ दशमलव १६ प्रतिशतले घटेको हो ।

कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुरका अनुसार असोजमा परेको बेमौसमी वर्षा र त्यससँगै आएको बाढीले धान बालीमा गम्भीर क्षति पु¥याएको हो। ‘यस वर्ष सुक्खाका कारण रोपाइँ ढिलो भयो,’ उनले भने, ‘त्यसपछि दाना लाग्ने समयमा परेको भारी वर्षा र बाढीले बालीमा थप क्षति पुग्यो।’

जिल्लाका अधिकांश स्थानीय तहमा धान मुख्य बालीका रूपमा लगाइने भएकाले उत्पादन घट्दा किसानको आयमा प्रत्यक्ष असर पर्ने देखिएको छ।शंकर आचार्य/ कान्तिपुर

Related posts

उपयाेगविहिन ३३ बिघा ऐलानी जग्गामा सामुहिक तरकारी खेती गर्ने वीरगन्ज महानगरकाे तयारी

MadhesKhabar

रवि लामिछानेको पार्टीले समानुपातिकमा कटायाे थ्रेसहाेल्ड

MadhesKhabar

रवि लामिछाने भन्छन् : चितवन २ मा पहिलेकाे भन्दा अझ धेरै भाेटले जित्छु

MadhesKhabar

Leave a Comment