Madhes Khabar
पर्यटन

पर्सा-२ का नवनिर्वाचित सांसद कानुले गरे ‘काेइलाभार जंगल रिसोर्ट’ काे उद्घाटन

वीरगन्ज,६चैत:पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ अवस्थित मधुवन मथवल क्षेत्रको कोइलाभर जंगल छेउमा“कोईलाभार जंगल रिसोर्ट” औपचारिक रूपमा सञ्चालनमा आएको छ । उक्त रिसाेर्टकाे शुक्रबार पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सुशील कुमार कानुले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कानुले यस्तो किसिमका रिसोर्टहरूले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र ग्रामीण भेगको मौलिक स्वादमा रमाउन सक्ने अवसर प्रदान गर्ने बताए । उनले यस्ता संरचनाले ग्रामीण क्षेत्रलाई वीरगन्जसँग जोड्ने सेतुको रूपमा काम गर्ने उल्लेख गरे ।

 

करिब एक बिघा क्षेत्रफलमा फैलिएको उक्त रिसोर्ट निर्माणमा करिब एक करोड रुपैयाँ लगानी गरिएको सञ्चालक सुनिल पटेलले जानकारी दिए । उनले रिसोर्टले वीरगन्ज र कोईलाभार क्षेत्रबीच पर्यटनको सेतुको रूपमा काम गर्ने विश्वास व्यक्त गरे ।

 

रिसोर्टमा पारिवारिक बसाइका लागि उपयुक्त आधुनिक तथा स्तरीय कोठाहरू, स्विमिङ पुल, तथा ‘लाईभ फिसिङ’ को विशेष व्यवस्था गरिएको छ । साथै, परम्परागत स्वादलाई प्राथमिकता दिँदै दाउराबाट पकवान र सिलौटाबाट मसला पिसेर तयार गरिएका स्थानीय परिकारहरू समेत उपलब्ध गराइने व्यवस्था गरिएको सञ्चालकले पटेलले बताए ।

Related posts

पर्सामा पनि बाघको संख्या दोब्बर भन्दा बढिले वृद्धि

MadhesKhabar

१८ घण्टा उडान सेवा संचालन गर्न नसक्ने भन्दै आन्तरिक उडानका वायुसेवा कम्पनीको चेतावनी

MadhesKhabar

निजगढ विमानस्थल बारे आवश्यक निर्णय लिइनेछ – प्रधानमन्त्री देउवा

MadhesKhabar

Leave a Comment