Madhes Khabar
पर्यटन

निजगढ विमानस्थल बारे आवश्यक निर्णय लिइनेछ – प्रधानमन्त्री देउवा

मधेसखबर
वीरगन्ज,१५जेठः
प्रधानमन्त्री शेरबहादुर देउवाले बाराको निजगढमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल बारे सर्वोच्च अदालतले दिएको फैसलाको अध्ययन गरेर सरकारले आवश्यक निर्णय लिने बताएका छन् ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन् ।देउवाले भने ,‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सम्बन्धमा सर्वोच्च अदालतको फैसलाको अध्ययन गरी आवश्यक निर्णय लिइनेछ’ ।
सर्वोच्च अदालतले बिहीबार निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न फैसला दिएको थियो । सर्वोच्च अदालतको वृहत पूर्ण इजलासले वातावरणीय कारण देखाउँदै उक्त फैसला दिएको थियो । तर, फैसलाको पूर्णपाठ भने आइसकेको छैन ।सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न भनेर फैसला गरेकोप्रति मन्त्रीदेखि सांसद र नेताहरूले विकासमा अवरोध पुग्ने भनेर अभिव्यक्ति दिएका छन् । साभार : कान्तिपुर

Related posts

पटेर्वा सुगौलीमा हात्ती र जिप सफारीसहित तीन दिने माघी तथा भाथा महोत्सव आजदेखि सुरु

MadhesKhabar

सिम्रौनगढलाई विश्व सम्पदा सूचिमा राख्न सरकारसँग माग

MadhesKhabar

पर्यटन क्षेत्रको विकास गर्न सके मधेस प्रदेशको कायापलट हुन्छ : मुख्यमन्त्री सिंह

MadhesKhabar

Leave a Comment