Madhes Khabar
धर्म/संस्कृति

नेशनल मेडिकल कलेजद्वारा पर्सा र बाराका यतिमखानाका बालबालिकालाई कपडा वितरण

वीरगन्ज,१चैत:वीरगन्ज-१५ मा अवस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले पर्सा र बारा जिल्लामा रहेका यतिमखाना र मदरसामा अध्ययनरत बालबालिकाहरुलाई कपडा वितरण गरेकाे छ।

 

दुवै जिल्लाका यतिमखाना र मदरसामा अध्ययनरत मुस्लिम सुमदायका विपन्न परिवारका बालबालिकाहरुलाई मेडिकल कलेजले कपडा वितरण गरेकाे हाे ।

 

आइतबार मेडिकल कलजमै आयाेजित कार्यक्रममा मेडिकल कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारी,शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ यशमिन र बजार निर्देशक आबिद हुसैन अन्सारीले यातिमखाना र मदरसामा अध्ययनरत ५१४ जना बालबालिका, त्यहाँ पढाउने ९३ जना शिक्षक र ५ जना महिला कर्मचारी गरी कुल ६१२ जनाका लागि कपडा यतिमखानाका शिक्षकहरुलाई प्रदान गरे ।

 

सामाजिक उत्तरदायित्व अन्तर्गत पर्साकाे छपकैया, बहुअरी,सतवरिया,इनर्वा,सिर्सिया,बाराकाे कलैया, दुर्गलिया,इनरुवा,गाेनपुर गफरिया लगायतका स्थानमा सञ्चालित यतिमखाना र मदरसाका बालबालिका र शिक्षकहरुका लागि कपडा वितरण गरिएको मेडिकल कलेजका बरिस्ठ प्रशाशक विश्वनाथ कान्तले जानकारी दिए।

Related posts

वीरगन्जमा यस वर्षपनि ‘गहवामाई रथ यात्रा’ भव्य रुपमा निकालिने

MadhesKhabar

चैती छठ पर्ब आजदेखि सुरु

MadhesKhabar

आज चैते दशैं पर्व मनाइँदै

MadhesKhabar

Leave a Comment