Madhes Khabar
शिक्षा

नेशनल मेडिकल कलेजमा विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

वीरगन्ज,२७ फागुन :वीरगन्ज–१५मा अवस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले शैक्षिक सत्र २०८२/०८३ का प्रथम वर्षका एमबीबीएस, बीडीएस, बी.एस्सी. नर्सिङ, बीएनएस, बीएमएलटी तथा बीएमआईटी कार्यक्रमका नवप्रवेशी विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको छ।

मेडिकल कलेजकै लेक्चर थिएटरमा आयोजित उक्त कार्यक्रमको उदेश्य नयाँ शैक्षिक यात्राको सुरुवातसँगै विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण, नियम–कानुन, शैक्षिक संरचना तथा पेशागत दायित्वबारे जानकारी गराउने रहेको मेडकल कलेज प्रशासनले जनाएको छ ।

मेडिकल कलेजका प्राचार्य प्रा. डा. के. एन. सिंहको अध्यक्षता चता मेडिकल कलेजका अध्यक्ष प्रा. डा. जैनुदिन अन्सारी प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्रबन्ध निर्देशक शहनवाज अन्सारीका साथै विद्यार्थी, अभिभावक तथा कलेजका प्राध्यापक तथा कर्मचारीहरुको सहभागिता थियो ।

कार्यक्रममा अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, एडमिसन तथा मार्केटिङ डाइरेक्टर आबिद हुसन अन्सारी, एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठ लगायतकोपनि सहभागिता थियो ।

Related posts

पोखरियामा भारत सरकारको सहयोगमा ७ करोडको लागतमा तीन तल्ले विद्यालय भवन निर्माण हुदैं

MadhesKhabar

तलब नपाएको भन्दै वीरगन्जका निजी विद्यालयका शिक्षकले मेयर सिंहलाई गुहारे

MadhesKhabar

निजी विद्यालयको स्तर वर्गीकरण तथा शुल्क निर्धारण नगर्न महानगरलाई अदालतबाट उत्प्रेषण आदेश जारी

MadhesKhabar

Leave a Comment