Madhes Khabar
मधेस प्रदेश

सर्लाही–४ बलरामा कांग्रेस नेता सिन्हामाथि आक्रमण

सर्लाही,२४फागुनः सर्लाहीको बलरा नगरपालिका–४ मा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रमुख जिल्ला अधिकारी डा. कमलेश्वर सिन्हामाथि आक्रमण भएको छ। आइतबार मध्यान्ह १२ बजेतिर बलरा–४ स्थित राजेश सिंहको घरको पूर्व तथा सुनिल सिंहको घरको उत्तरतर्फ रहेको बाटोमा कांग्रेस नेता सिन्हामाथि आक्रमण भएको कांग्रेसका स्थानीय युवा नेता नवीन कुशहवाले जानकारी दिए।

डा. सिन्हा आफ्ना छोरा र नातिसँगै स्कार्पियो गाडीमा बसेको अवस्थामा केही व्यक्तिहरूले सिधै ताकेर इट्टाले प्रहार गर्दै आक्रमण गरेको गरेको गाडीमा सँगै रहेका सिन्हाका नाती शनिकुमार सिंहले बताए ।

सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका अमरेशकुमार सिंहका भतिजा तथा राष्ट्रिय अनुसन्धान कार्यालय धनुषाका सूचक गोपेशकुमार सिंह र बलरा–४ का पंकजकुमार झाले सिन्हामाथि आक्रमण गरेको सिंहले बताए ।

आक्रमणकारीहरूले हानेको इट्टा रोक्ने क्रममा सिन्हाकोे हात र शरीरका विभिन्न भागमा चोट लागेको छ । आक्रमणबाट घाइते भएका सिन्हालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

डा. सिन्हामाथि ज्यान लिने गरी आक्रमण भएको आरोप लगाउँदै कांग्रेसले दोषीमाथि कानूनबमोजिम कारबाही गर्न प्रशासनसँग माग गरेको छ।

Related posts

मधेसी समाजमा ललित विद्रोहीको विद्रोह

MadhesKhabar

प्रेस युनियन मधेस प्रदेशको भेला सम्पन्न

MadhesKhabar

मधेस आन्दोलन र जनयुद्धका सहिद परिवारलाई १–१ लाख रुपैयाँ दिएर सम्मान

MadhesKhabar

Leave a Comment