Madhes Khabar
राजनीति

पर्सा–१ का मतदातासंग रास्वपा उम्मेदवार पन्तको आग्रह : परिवर्तन र सुशासनका लागि भोट दिनु होला

वीरगन्ज,१७फागुनः पर्सा क्षेत्र नमबर १ का रास्वपाका उम्मेदवार हरि पन्तले वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा चुनावी घरदैलो गर्दै मतदाताहरुसंग प्रत्यक्ष संवाद गरेका छन्।

घरदैलोका क्रममा उम्मेदवार पन्तले घर–घर पुगेर जनताका समस्या, अपेक्षा र सुझावहरू सुनेका थिए। उनले शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनलाई आफ्नो मुख्य प्राथमिकता बनाउने प्रतिबद्धता दोहो¥याए। “राजनीति परिवर्तनका लागि हो, अवसरका लागि होइन,” उनले भने । पन्तले पारदर्शिता र उत्तरदायित्वमा आधारित नेतृत्व आवश्यक रहेको उल्लेख गरे।

त्यस्तै वीरगञ्ज महानगरपालिकाकै वडा नम्बर १६ मा पर्ने नगवा, इनर्वा र फुलवारी टोलमा पनि पन्तले घरदैलो गर्दै मतदाताहरुसंग संवाद गरेका छन् । पन्तको घरदैलोका क्रममा स्थानीयले खानेपानी, सडक स्तरोन्नति, नाला व्यवस्थापन, युवाका लागि रोजगारी सिर्जना र सुशासनका विषयमा चासो व्यक्त गरेका थिए। पन्तले ती सबै विषयलाई आफ्नो कार्ययोजनामा समेट्ने आश्वासन दिँदै विगतका प्रतिनिधिहरूले गर्न नसकेका कामहरू आफूले परिणामसहित पूरा गर्ने दाबी गरे।

मतदाताहरुसंग पन्तले भने,‘मत परिवर्तनका लागि मात्र होइन, व्यवस्था सुधारका लागि आवश्यक छ,त्यसैले यसपालि फागुन २१ गतेका दिन सुझबुझ राखेर मतदान गर्नु होला ।’

Related posts

गगन थापालाई समर्थन गर्न सर्लाही–४ मा पुगे जेनजी अगुवा मिराज ढुङ्गाना

MadhesKhabar

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयले भने : हारको डरले विपक्षीले फैलाएको ‘प्रोपागान्डा’ फैल भयो

MadhesKhabar

वीरगन्जमा नेपाल र भारतका प्रभावशाली नेता र बुद्धिजीविहरूको जमघट हुदैं

MadhesKhabar

Leave a Comment