Madhes Khabar
राजनीति

परिवर्तन र सुशासनका लागि रास्वपालाई मतदातान गर्न चौरसियाको आग्रह

वीरगन्ज,१४फागुनःपर्सा क्षेत्र नमबर ३ का रास्वपाका उम्मेदवार रामाकान्त चौरसियाले बिहीबार पकहाँ मैनपुर वडा नम्बर ३ र ४ मा घरदैलो कार्यक्रम गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट र संवाद गरेका छन् ।

ती वडाका टोलटोलमा पुगेर चौरसियाले नागरिकका गुनासो, सुझाव र अपेक्षा सुनेपछि विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणलाई आफ्नो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

चौरसियाले पर्सा–३ लाई समृद्ध क्षेत्र निर्माणका लागि साझा सहकार्य आवश्यक रहेको पनि बताए । उनले सुशासन र परिवर्तनको एजेन्डा रास्वपाको मात्रै भएकाले फागुन २१ को निर्वाचनमा रास्वपालाई मतदान गर्न अनुरोध गरे ।

महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले महिला उद्यमशीलता प्रवद्र्धन गर्दै आयआर्जनका कार्यक्रमसँग जोडिने योजनामा विशेष ध्यान दिइने भन्दै उनले सीपमूलक तालिम, सहुलियतपूर्ण ऋण, साना तथा मझौला उद्यम प्रवद्र्धन तथा महिला सहकारी सशक्तीकरणमार्फत महिलालाई आर्थिक रूपमा सबल बनाउने प्रतिबद्धता जनाए। “महिला सशक्तीकरण बिना समृद्ध समाज सम्भव छैन,” उनले भने, “घरपरिवारदेखि समाज र राष्ट्र निर्माणसम्म महिलाको भूमिका महत्वपूर्ण छ, त्यसैले अवसर र पहुँच सुनिश्चित गरिनेछ।”

चौरसियाले युवा स्वरोजगार, कृषि आधुनिकीकरण, साना उद्योग प्रवद्र्धन तथा स्थानीय उत्पादनको बजारीकरणमा विशेष पहल गरिने बताए।

Related posts

बारा-४ मा रास्वपाकाे `टुरिष्ट´ उम्मेदवार :माओवादी छाडेका रहबर अन्सारीले पाए टिकट

MadhesKhabar

वीरगन्ज महानगरमा मात्रै २७ हजार मतदाता एमालेमा प्रवेश गरेको दाबी

MadhesKhabar

पैसाकाे बलमा चुनाव लडेका किसान श्रेष्ठले मतदातालाई भने : भाडाका टट्टुहरु

MadhesKhabar

Leave a Comment