Madhes Khabar
राजनीति

भ्रष्टाचार र कुशासन अन्त्य गर्न रास्वपालाई जिताउन पर्सा–२ का उम्मेदवार कानुको आग्रह

वीरगन्ज, १२ फागुनःराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले मंगलबार वीरगन्ज महानगरपालिका – २४ रमगढवा र वडा नं २५ सिर्सिया टोलमा घरदैलो कार्यक्रम गरेका छन् । त्यसक्रममा मतदातासंगको भेटमा उनले भ्रष्टाचार र कुशासन अन्त्य गरी नयाँ नेपाल निर्माणका लागि रास्वपालाई मतदान गर्न आग्रह गरे ।

पछिल्लो चार दशकदेखि चलिआएको राजनीतिक चक्रब्यूह तोडेर विधिको शासन स्थापना गर्ने, नेपाली जनताको जीवनस्तर उकास्ने र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य रास्वपाको रहेको भन्दै कानुले स्थानीय मतदातालाई रास्वपाका सबै उम्मेदवारलाई जिताउन अनुरोध गरे ।

“पर्सा देशकै महत्त्वपूर्ण जिल्ला हो, तर यहाँबाट निर्वाचित सांसद, मन्त्रीहरूले बेवास्ता गर्दा जिल्लाको विकास हुन सकेन,” कानुले भने, “शिक्षा, स्वास्थ्य, पूर्वाधार र सडकको अवस्था अत्यन्त जीर्ण छ । अघिल्ला प्रतिनिधिहरूले आफ्नो स्वार्थ पूरा गर्न मात्र लगानी गरे ।” उनले यदि आफू निर्वाचित भए रास्वपा नेतृत्वको सरकारले पर्साको कायापलट गर्ने गरी ठुला विकास योजनाहरू ल्याउने प्रतिबद्धता जनाए ।

कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर जनताको आधारभूत आवश्यकतामा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने बताए । “स्थानीय तहदेखि सङ्घीय तहसम्म समन्वय गरी योजनाबद्ध विकास अघि बढाइनेछ,” उनले थपे ।

कृषि क्षेत्रको समस्या औँल्याउँदै कानुले किसानलाई समयमै मल उपलब्ध गराउने सुनिश्चित व्यवस्था गर्ने र युवालाई सीपमूलक तालिम दिएर स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजना सार्वजनिक गरे । “युवाले गाउँमै काम पाए भने वैदेशिक रोजगारीको बाध्यता घट्छ,” उनको भनाइ छ ।

 

Related posts

कामको मूल्यांकन गरेर फेरी एक पटक अवसर दिन लोसपा उम्मेदवार कुर्मीको आग्रह

MadhesKhabar

रास्वपा संसदीय दलका नेता डिपी अर्यालले दिए राजिनामा

MadhesKhabar

प्रदीप यादवको घरदैलो अभियान निरन्तर, हरपतगंजमा जनता दर्शन सम्पन्न

MadhesKhabar

Leave a Comment