Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्ज–रक्सौल सीमाको मितेरी पुलमा आयोजित रक्तदान कार्यक्रममा ६० जनाले गरे रगत दान

वीरगन्ज,९फागुनःनेपाल–भारत सीामास्थित मितेरी पुलमा शनिबार आयोजित रक्तदान कार्यक्रममा नेपाल र भारतका गरी ६० जनाले रगत दान गरेका छन् ।

नेपाल र भारतबीचको मैत्री सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले वीरगन्ज–रक्सौल जोड्ने मितेरी पुलमा लायन्स क्लब अफ वीरगञ्ज क्युरेटिभले शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा नेपाल र भारत दुवै देशका गरि ६० जनाले रक्तदान गरेको क्लबका अध्यक्ष तथा बरिष्ठ चिकित्सक डा. निरज कुमार सिंहले जानकारी दिए ।

रक्तदान कार्यक्रमको उद्घाटन वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए । त्यसअवसरमा मेयर सिंहले रक्तदान मानव जीवन बचाउने सबैभन्दा पुण्य र मानवीय कार्य भएको उल्लेख गर्दै यस्ता अभियानले नेपाल–भारतबीचको आत्मीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

वीरगन्ज र रक्सौलका लायन्सकर्मीहरूले समन्वय गरेर आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेको नेतृत्वमा पुगेको प्राविधिक टोलीले प्राविधिक सहयोग गरेको थियो।

Related posts

वीरगन्जको बीपी उद्यान नजिक `रेल्वे म्युजियम´ बनाउनका लागि महानगरले थाल्याे तयारी

MadhesKhabar

अलौं–सिर्सियाका पिडित जग्गाधनीहरुको चेतावनी : बैशाख २६ देखि ड्राइपोर्ट नै ठप्प पार्छौ

MadhesKhabar

पर्साको छिपहरमाई गाँउपालिकामा व्यापक भ्रष्टचार भएको भन्दै स्थानीय युवाहरुले दिए धर्ना

MadhesKhabar

Leave a Comment