Madhes Khabar
राजनीति

पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसियालाई समर्थन गर्दै एमालेका जिल्ला सदस्यसहितका नेता कांग्रेसमा प्रवेश

वीरगन्ज, ९ फागुनः पर्सा क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरुसियालाई समर्थन जनाउँदै नेकपा एमालेका जिल्ला सदस्यसहितका नेताहरु कांग्रेसमा प्रवेश गरेका छन् ।

शनिबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर २९ रतनपुर जसौलीमा कांग्रेस उम्मेदवार चौरसियाको घरदैलो कार्यक्रमकै क्रममा एमालेका जिल्ला सदस्य कारी महत्तो र वडा सदस्य जनक महत्तो सपरिवार कांग्रेसमा प्रवेश गरेको कांग्रेसका क्षेत्रीय सभापति महमद साहबुदिनले जानकारी दिए ।ती दुवै नव प्रवेशीहरुलाई कांग्रेस उम्मेदवार चौरसियाले फुलमाला लगाएर पार्टीमा स्वागतपनि गरेको उनले बताए ।

वडा नम्बर २९ रतनपुर जसौलीमा घरदैलोका क्रममा कांग्रेस उम्मेदवार चौरसियाले मतदाताहरुको घरघरमै पुगेर उनिहरुसंग संवाद गर्दै त्यहाँका समस्याका बारेमा जानकारीपनि लिएको कांग्रेसका क्षेत्रीय सचिव रन्जित कुमार पटेलले जानकारी दिए ।

Related posts

सिके राउत आफै उम्मेदवार हुँ भनेर बारा २ का जनतालाई झुक्याउदै छन् : उपेन्द्र यादव

MadhesKhabar

प्रचण्ड सरकारले खाेल्न नसकेका सबै फाइल ओेली सरकारले खाेल्छ : मन्त्री गुप्ता

MadhesKhabar

चुनावमा अन्तर्घात गर्ने कांग्रेस बाराका सभापति यादवमाथि कारबाही गर्न उम्मेदवार गुप्ताको माग

MadhesKhabar

Leave a Comment