वीरगन्ज,७ फागुनःपर्साको जगरनाथपुर गाउँपालिका वडा नमबर ४ मा बिहीबार पर्सा क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश रिजाल घरदैलो कार्यक्रमका लागि पुग्दा त्यहाँका मतदाताले स्वागत गर्दै समर्थन जनाएका छन्।
बिहीबार दिउँसो उम्मेदवार रिजालले मत माग्ने क्रममा घरघरमा पुग्दा घरभित्रबाट स्वस्फूर्त रुपमा निस्किएर महिला, युवा र बृद्धबृद्धाले रिजाललाई टीका लगाएर स्वागत गर्दै समर्थन जनाएका हुन् ।
त्यसक्रममा मतदातासंग प्रत्यक्ष संवाद गर्दै रिजालले स्थानीयबासीका समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिँदै समाधानका लागि कांग्रेसको योजनाबारे समेत अवगत गराएका थिए।
उक्त कार्यक्रममा जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्तप्रसाद यादव,कांग्रेसका जिल्ला सहसचिव नवीन सिंह,क्षेत्रीय सचिव बलिष्टर अहमद, नेपाल महिला संघ पर्साकी सभापति किरण शर्मा, वडाध्यक्ष, वडा सदस्यका साथै कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताको पनि सहभागीता थियो ।


