Madhes Khabar
राजनीति समाचार

जनमत पार्टीको घरदैलो तथा भेटघाट कार्यक्रम वीरगञ्ज–४ बिर्तामा सम्पन्न

वीरगञ्ज, ७ फाल्गुन: जनमत पार्टीले प्रतिनिधिसभा सदसय निर्वाचन अन्तर्गत पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी प्रचार प्रसारलाई तीव्र बनाउँदै घरदैलो तथा भेटघाट कार्यक्रम सञ्चालन गरेको छ।

सोही क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर–४ बिर्ता क्षेत्रमा जनमत पार्टीका नेता तथा उम्मेदवार ओमप्रकाश सर्राफले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै घरदैलो अभियान गरेका छन्।

घरदैलोका क्रममा सर्राफले जनताको समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिँदै जनमत पार्टीले जनमुखी विकास र परिवर्तनको राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

Related posts

रास्वपाले नै मधेसकाे मुहार फेर्छ : रवि लामिछाने

MadhesKhabar

वीरगन्जका अरबिन्द सिंहसहित २६ युवा नेताको आह्वान :दोस्रो र तेस्रो तहका नेताले पार्टी पुनर्गठनको पहल लिनुस्

MadhesKhabar

एमाले ठोरीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

MadhesKhabar

Leave a Comment