Madhes Khabar
राजनीति

पर्सा–२ का उम्मेदवार चौरसियालाई समर्थन गर्दै पर्सागढी–४ का वडासदस्यहरु कांग्रेसमा प्रवेश

वीरगन्ज,७ फागुनःनेपाली कांग्रेसमा प्रवेश गरेका पर्साको पर्सागढी नगरपालिकाको मेयर पदका यसअघिका उम्मेदवार सुरज मानन्धर र वडा नम्बर ४ का वडाध्यक्ष शेख खुर्शेदलाई कांग्रेसका नेताकार्यकर्ताले खादा ओढाएर स्वागत गरेका छन् ।

पर्सागढी नगरपालिका वडा नम्बर ३ स्थित नेपाली कांग्रेसको वडा कार्यालयमा नेविसंघ पर्साका सभापति रमेश यादव लगायतका नेताहरुले मानन्धरलाई खादा लगाएर स्वागत गरेका हुन् ।

मानन्धर र खुर्शेद बुधबार जनकपुरमा आयोजित प्रतिज्ञा सभामा सभापति गगन थापाको उपस्थितीमा कांग्रेसमा प्रवेश गरेका थिए । उनि २०७९ को स्थानीय तह निर्वाचनमा जसपा नेपालबाट मेयर पदका उम्मेदवार थिए ।

बिहीबार पर्सागढी नगरपालिका वडा नम्बर ३ स्थित नेपाली कांग्रेसको वडा कार्यालयमा आयोजित कार्यक्रममा पर्सागढी नगरपालिका वडा नम्बर ४ का वडा सदस्य राजकुमार गुरुङ र रुस्तम हवारीपनि कांग्रेसमा प्रवेश गरेका छन् ।

कार्यक्रममा कांग्रेसका बुथ सभापति जंगहादुर दास थारु, वडाध्यक्ष शंकर रायभर,युवा नेताहरु बाल्मिकी यादव, अगन्ध चौरसिया,शेख समसाद, इन्ताज अन्सारी ,अमरेन्द्रकुमार यादव, रामपृत पटेल लगायतको पनि सहभागिता रहेको थियो ।

Related posts

दिपक मनाङे निर्विराेध निर्वाचित

MadhesKhabar

प्रदेशसभा सदस्य उम्मेदवार डा.मधु निरन्तर मतदाताको घरदैलोमा

MadhesKhabar

लोसपा नेताहरु भन्छन् – वीरगन्ज अध्यक्ष सर्राफ नै हुन्

MadhesKhabar

Leave a Comment