Madhes Khabar
राजनीति

पटेर्वासुगौली–५ मा घरदैलो गर्दै उम्मेदवार पाण्डेयले भने : एमालेको जनलहर बढेको देखेर विपक्षी आत्तिएका छन्

वीरगन्ज, ७ फागुन : पर्साको निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार रुपेश कुमार पाण्डेयले बिहीबार पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ५ का विभिन्न गाँउमा चुनावी घरदैलो गर्दै मतदातासंग संवाद गरेका छन् ।

वडा नम्बर ५ मा बिहीबार बिहान मनिहर्वा चोकबाट एमालेका नेताकार्यकर्ता तथा युवाहरुको सहभागीतामा पाण्डेयले घरदैलो कार्यक्रम सुरु गर्दै निचुटा गाँउमा पनि पुगेका थिए । त्यसक्रममा मतदातासंग संवाद गर्दै पाण्डेयले त्यहाँका विभिन्न समस्याका बारेमा जानकारीपनि लिएका थिए । जनसंवादकै क्रममा एमाले उम्मेदवार पाण्डेयले एमाले र आफुप्रति बढ्दो जनलहर देखेर विपक्षी दलका उम्मेदवारहरु अत्तालिएको बताए ।जसका कारण उनिहरुले आँफुविरुद्ध अनेक झुठा अफवाह फैलाउन थालेको भन्दै उनले तर यसबाट आँफु थोरैपनि विचलित नभएको बताए ।

विपक्षीहरुको जतिसुकै प्रोपागण्डाले फैलाएपनि गाँउ गाँउमा पुग्दा जनताको अपार माया र स्नेह पाइरहेको भन्दै एमाले उम्मेदवार पाण्डेयले मतदातासंग भने,‘ विपक्षीहरुले के भन्छन् त्यसको मलाई परवाह छैन । मलाई जनताहरुको आशीर्वाद र माया भए पुग्छ । जुन मैले पाइरहेको छु । यसले मेरो मनोबल झन् झन् उच्च हुदैं गइरहेको छ ।

एमाले उम्मेदवार पाण्डेयले पर्सा–३ का जनताले भोग्दै आएका कृषि, शिक्षा, स्वास्थ्य र रोजगार सम्बद्ध समस्याहरु बारे आँफु राम्रोसंग जानकार रहेको र ती समस्या समाधानका लागि आँफु लागिपर्ने वाचापनि गरे ।
घरदैलो कार्यक्रममा पटेर्वा सुगौली गाँउपालिकाका पूर्वअध्यक्ष हरिबाबु चौधरीका साथै एमालेका स्थानीय नेता, कार्यकर्ता, युवा,महिला,बृद्धबृद्धा लगायत सयौंको सहभागिता रहेको थियो ।

Related posts

अरुको बैशाखी बनेको नेतृत्वलाई पाखा लगाएसंगै पर्सामा जसपा मजबुत भएको छ : प्रदीप यादव

MadhesKhabar

सांसद बने पनि, मन्त्री बने पनि जनताको हरेक सुख–दुःखको सारथी हुँ : पूर्वमन्त्री प्रदीप यादव

MadhesKhabar

बारा २ का जनताले उपेन्द्र यादवको षडयन्त्र सफल हुन दिदैनन् : सिके राउत

MadhesKhabar

Leave a Comment