Madhes Khabar
राजनीति

वीरगन्जमा खानेपानीको हाहाकार हुदाँ २४ घण्टाभित्रै बोरिङ गाड्न लगाएर घरघरमा पानी पु-याए : प्रदीप यादव

वीरगन्ज,२८माघःपर्सा क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले वीरगन्जमा खानेपानीको हाहाकार भएका बेला काठमाडौंबाट आएर २४ घण्टाभित्रै बोरिङ गाड्ने काम सुरु गराएको बताएका छन् ।

वीरगन्ज–३२ टेढा रामवनमा मंगलबार आयोजित एमालेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वखानेपानी मन्त्रीसमेत रहेका यादवले यस क्षेत्रका जनताको हरेक सुखदुखमा आँफु जनताकै माझमा आएर काम गरेको बताए । उनले भने,‘जुन समयमा वीरगन्जमा खानेपानीको हाहाकार भएको थियो । त्यो बेला म संयोगले खानेपानी मन्त्री नै थिए । त्यो थाहा पाउने बित्तिक्कै म वीरगन्ज आए । वीरगज आएको २४ घण्टाभित्रै टोल र गल्लीमा डीप बोरिङ गाड्ने काम सुरु गराए ।घरघरमा पानी खुवाउने काम गरे ।’

एमाले उम्मेदवारले अहिले वीरगन्जमा कुनैपनि टोलमा खानेपानीको समस्या नरहेको पनि बताए । उनले वीरगन्जमा खानेपानीको समस्या दीर्घकालिन समाधानका लागि त्यस बेला नै खानेपानी मन्त्रालयमार्फत ४ सय ५० करोड बजेट वीरगन्ज महानगरपालिकामा पठाएको र त्यो बजेटबाट खानेपानी आयोजना निर्माणका लागि टेण्डर निकालेर कामपनि सुरु भइसकेको उनले बताए । उनले भने,‘ यो आयोजना ३ वर्षभित्रमा सम्पन्न हुन्छ । त्यसपछि वीरगन्जमा कहिल्यैपनि खानेपानीको समस्या हुँदैन ।’

त्यतिमात्र नभई कोरोनाको महामारीका बेला आफनो ज्यान समेत दाउमा राखेर यादवले जनताको जीउज्यान रक्षाका लागि काम गरेको स्मरण गराए ।

यादवले संविधानको रक्षा र जनताको अधिकार दिलाउनका लागि आँफुले यसपालि उम्मेदवारी दिएको बताए ।उनले भने,‘ मेरो उम्मेदवारी संविधानको रक्षा र जनताको अधिकार दिलाउनका लागि हो । संविधान जोगियो भने मात्रै अहिलेसम्म प्राप्त मधेसका अधिकार जोगिन्छ । मधेसी,महिला,दलित, थारुको अधिकार सुरक्षित रहन्छ । यदि एमालेले जितेन भने मधेसका अधिकार खोसिने खतरा पनि छ । त्यसका कारण मलाई जिताएर पठाउनुस् मधेसको अधिकार म सुरक्षित गराउँछु।’

एमाले उम्मेदवार यादवले सम्बोधन हुन बाँकी रहेका मधेसका अधिकार सम्बोधन गराउन संविधान संशोधनपनि गराउनुपर्ने आवश्यक रहेको र त्यसका लागिपनि एमालेलाई जनताले जिताएर पठाउनुपर्नेमा उनले जोड दिए ।

Related posts

पूर्वराजा ज्ञानेन्द्र र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता

MadhesKhabar

संसद चलाउनका लागि दलका शीर्ष नेताहरुबीच दुईबुँदे सहमति

MadhesKhabar

रास्वपा पर्साको जिल्ला सभापतिमा हरि पन्त निर्विरोध निर्वाचित

MadhesKhabar

Leave a Comment