Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

सुनको मूल्य बढेर फेरि ३ लाखमाथि पुग्यो

काठमाडौं,२५माघःनेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । सुनको भाउ आज तोलामा ९ हजार ५०० रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार १० रुपैयाँ कायम भएको छ ।

यसअघि गत शुक्रबार एक तोला छापावाल सुन २ लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी ४ हजार ७१० मा कारोबार भएको थियोभने बिहीबार एक तोला छापावाल सुनको मूल्य २ लाख ९५ हजार २०० र त्यति नै तौलको चाँदी ४र हजार ९८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी, गत बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ४ हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ६०० रुपैयाँ कायम भएको थियो भने मंगलबार एक तोला छापावाल सुन २ लाख ९० हजार ३०० र चाँदी ५ हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ४६७ र त्यति नै परिमाणको सेतो धातु चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Related posts

गहवामाई रथ यात्राकाे अवसरमा वीरगन्जमा राेपियाे ९०० विरुवा

MadhesKhabar

कलैया गाेलीकाण्ड अपडेट : गाेली लागेका प्रधानाध्यापक सर्राफकाे मृत्यु

MadhesKhabar

कक्षा-१२ काे परीक्षा बैशाख २६ देखि

MadhesKhabar

Leave a Comment