Madhes Khabar
Uncategorized

वीरगन्ज–१६ नगवामा एमाले उम्मेदवार प्रदीप यादव पुग्दा युवाहरुले स्वागत गर्दै जनाए समर्थन

वीरगन्ज, २४ माघ :वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा शनिबार बिहान चुनावी घरदैलोका क्रममा नेकपा एमालेकातर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीप यादव पुग्दा स्थानीय युवाहरुले भव्य स्वागत गर्दै समर्थन जनाएका छन् ।वडा नम्बर १६ नगवाका टोल टोलबाट स्वस्फूर्त रुपमा निस्किएर स्थानीय युवाहरु यादवको घरदैलो कार्यक्रममा सहभागी भएका थिए ।

घरदैलो तथा जनता दर्शन कार्यक्रम भएपछि नगवा गाउँमै आयोजित कोण सभालाई सम्बोधन गर्दै एमाले उम्मेदवार यादवले विगतमा नगवाको विकासका लागि हरसम्भव प्रयास गरेको र आगामी दिनमा पनि विकास, शिक्षा, स्वास्थ्य तथा युवाहरूको रोजगारी सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले युवाहरूलाई कुनै किसिमको असन्तुष्टि भए आफूलाई सिधै फोन वा सन्देश गर्न आग्रह गर्दै सुख–दुःखमा सधैं अग्रपंक्तिमा उभिने प्रतिबद्धता दोहो¥याए।

घरदैलो तथा जनता दर्शन कार्यक्रमका क्रममा नगवावासीबाट अपार माया र समर्थन प्राप्त भएको भन्दै एमाले उम्मेदवार यादवले नगवावासीहरू आफ्नो पक्षमा सदैव रहेको दाबी गरे । जनचाहनाअनुसार जनताको सेवामा निरन्तर सक्रिय रहेकै कारण नगवावासी मजबुत रूपमा आफ्नो पक्षमा उभिएको उनको भनाइ थियो।

घरदैलो कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य उर्मिला देवकोटा, नेता सुन्दर कुर्मी, मानदेव हजरा,अरुण यदाव, भुषाल चौरसिया,देवनाथ प्रसाद चौरसिया, मगदिश यादव लगायतकाको सहभागितटा रहेको थियो ।

 

Related posts

मुक्तिनाथबाट फर्किदै गरेकाे बस ट्रकसंग ठाेक्किदाँ १५ तीर्थयात्री घाइते

MadhesKhabar

पृथ्वीजयन्ती र जनयुद्ध दिवसको बिदा क्यालेन्डरमै समावेश गर्ने सरकारको निर्णय

MadhesKhabar

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपले पूरा गरे कीर्तिमानी १०० विकेट

MadhesKhabar

Leave a Comment