वीरगन्ज,१७माघःफागुन २१ को निर्वाचनका लागि पर्सा जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारलाई जिताउनका लागि प्रेस चौतारी नेपाल पर्साले पनि निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
वीरगन्जमा बसेको प्रेस चौतारी नेपाल पर्साको बैठकले निर्वाचन परिचालन कमिटी गठन गर्नुका साथै चारै क्षेत्रका एमाले उम्मेदवारलाई जिताउनका लागि जिम्मेवारी बाँडफाँडपनि गरेको छ ।
पर्सा क्षेत्र नम्बर १ मा प्रेस चौतारी पर्साका उपाध्यक्ष राजेन्द्र सिंह नेपाली र सह–सचिव मन्सुर खान तथा क्षेत्र नम्बर २ मा सह–सचिव पन्नालाल साह र वीरेन्द्र साहलाई जिम्मेवारी तोकिएको छ।यस्तै क्षेत्र नम्बर ३ मा सचिव कृष्णा कुशवाहा, धर्मेन्द्र चौरसिया र शैलेश गुप्ता तथा क्षेत्र नम्बर ४ मा सदस्य राजन बानियाँ र विकास पटेलसहितको टोली परिचालन गरिएको प्रेस चौतारी नेपाल पर्साले जनाएको छ ।
प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्रको अध्यक्षतामा बसेको बैठकले पर्साका चारवटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारहरूलाई जिताउन संगठनका सदस्यहरूले सक्रिय भूमिका खेल्ने निर्णय गरेको पनि गरेको छ।

